ब्रेकिंग न्युज

नेकपामा बर्खास्ती: ओलीपछिको निशानामा २ मुख्यमन्त्री



रुपन्देही २० पुस ।  नेकपाको प्रचण्ड– माधव समूहले केपि ओलीलाई अध्यक्ष र संसदीय दलको नेतावाट हटाएपछि मुख्य निशाना २ मुख्यमन्त्रीलाई लगाएकोछ । फलस्वरुप लुम्बिनी प्रदेश इन्चार्जबाट नेता शंकर पोखरेललाई हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । 

    बैठकले उनको स्थानमा युवराज ज्ञवालीलाई नियुक्त गरेको छ । त्यस्तै बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङलाई पनि हटाएको छ । उनको स्थानमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकिएको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् ।

    ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ । सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए । बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।

 

प्रकाशित : २० पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६