कपिलवस्तु २० पुस । सरकारले ३ खम्बे अर्थनिति मार्फत सहकारी संस्थाको विकास र विस्तारमा जोड दिने लुम्विनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताउनु भयो । बुद्धभूमि नगरपालिकाको बुढ्ढीमा रहेको सुर्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभामा उहाँले यस्तो बताउनु भएको हो । सो अवसरमा मन्त्री गिरिले सहकारी संस्थाको नवनिर्मित भवन र सुपथ सहकारी पसलको उद्घाटन गर्नुभएको हो।
नव निर्मित भवन ४३ लाख ५८ हजार १ सय ४१ रुपैयाको लागतमा निर्माण भएको सहकारी संस्थाका अध्यक्ष मुरलीधर घिमिरेले बताउनु भयो। लुम्विनी प्रदेशका हरेक जिल्लाका गाउं गाउंमा सहकारी संस्था मार्फत् सामुहिक उद्यमको विकासको गतिलाई अघि बढाउन मन्त्रालयले गहन ढंगबाट काम अघि बढाएको प्रष्टाउनु भयो ।
सो अवसरमा सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले संस्थाले हाल सम्म गरेका उपलब्धीहरुका बारेमा जानकारी गराएका थिए । सहकारीले कम्प्युटराईज विलिंग सिस्टमको सहकारी सुपथ पसल, मलखाद तथा विउविजनको विक्री विरण, हार्वेस्टिङ्ग मेशिनबाट धान गहुं कटानी गर्ने लगायतका आर्थिक उपार्जनका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यसका अलावा आगामी दिनहरुमा सहकारी संस्थाले घुम्ती राईस मिल संचालन, निरन्तर सहकारी शिक्षा, ई सेवा, विद्युत महसुल संकलन सेवा, रेमिटान्स सेवा लगायतको सेवाहरु संचालन गरिने योजना गरिएको सहकारीका अध्यक्ष घिमिरेले बताउनु भयो ।
२०५४ सालमा ३० जनाबाट शुरु गरिएको यो सहकारी जिल्लाको उत्तरी क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा पहिचान कायम गर्दै अघि बढेको छ । कार्यक्रममा लुम्विनी प्रदेशका सामाजिक विकास समितिका सभापति तथा प्रदेश सदस्य दिर्घ नारायण पाण्डेयले सहकारी संस्थाले गरेको कार्य प्रगति प्रति खुशी व्यक्त गर्दै प्रदेश सरकारबाट आफुहरुले सहकारीको संस्थागत विकासका लागि हुन सक्ने सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो ।
दैनिक आवश्यक पर्ने उपभोग्य वस्तु तथा अन्य अति आवश्यक वस्तुहरुको पुर्ति सहकारी पसलबाट गरी सहकारीका सदस्यहरुलाई आर्थिक राहत प्रदान गर्न सहकारी अघि बढ्नु पर्ने प्रदेश सभा सदस्य पाण्डेयले बताउनु भयो ।सो अवसरमा लेखा समितिका सदस्य जीवन लाल पन्थीले सुपथ पसल संचालन कार्यविधी, लेखा समिति संयोजक जित बहादुर सेन वलीले आन्तरिक लेखा प्रतिवेदन, सस्थाका ब्यवस्थापक लेखनाथ खनालले लेखा तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु के.सी.ले स्वागत मनतव्य रहेको थियो भने सस्थाका सचिव रेश्म गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया