कपिलवस्तु कपिलवस्तु २१ पुस । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बौद्ध विरासत तिलौराकोटले कपिलवस्तु मात्र होइन सिंगो प्रदेशलाई पर्यटन मार्फत समृद्ध पार्ने वताउनु भएको छ । तर त्यसकालागि लागनी जुटाउन भने ढिला हुदै गरेको दावि गर्नुं भयो । नगरको वडा नम्बर ६ गोबरीमा गौतम बुद्ध प्रबेश द्धारको शिलान्यास गर्दै यस्तो वताउनु भएको हो । मेयरसिंहले गोबरी चोकमा पुजापाठ गरी गेटको शिलान्यास गर्नु भयो ।
वडा कार्यालयको १० लाख लागतमा निर्माण सुरु भएको हो । सो अवसर मेयर सिंहले नगरपालिकाले गेट निर्माणमा थप बजेट बिनियोजन गर्ने बताउनु भयो । उहाले नगरपालिकाले नगर क्षेत्रको पर्यटकीय विकासकालागि योजनाबद्ध रुपले अघि बढने बताउनु भयो । उहाले तिलाराकोटलाई बिश्व संपदा सुचीमा सुचीकृत गर्न नगरपालिकाले साथ दिने दावि गर्नु भयो ।
सो अवसरमा वडाध्यक्ष राम दिनेश यादवले वडाकै चिनारीकारुमा गोबरीमा प्रबेशद्धारा निर्माण सूरु गरिएको स्पष्ट पार्नु भयो गेट निर्माणमा अपुग हुने रकम नगरपालिकासंग माग गरिएको जानकारी दिनु भयो । गेट निर्माणकालागि स्थानयि सुरेन्द्र सिंहको अध्यक्षतामा उपभोक्ता समिति समेत निर्माण गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य सरिता गौतम, राम सरी सुनार र ज्ञानेन्द्र कुमार आचार्य, नगिना सिंह लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया