अर्थ-वाणिज्य

दाङ उद्योग बाणिज्य संघमा बुढाथोकीको नेतृत्व



दाङ २१ पुस । जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी निर्वाचित भएका छन्।सोमबार राति सार्वजनिक मत परिणामअनुसार कोषाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन्।बुढाथोकीले १ हजार २ सय ५७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी  बसन्त जोशीले १ हजार १३ मत प्राप्त गरेका थिए।कोषाध्यक्षमा निर्वाचित पोखरेलले १ हजार २ सय ६३ मत मत ल्याउँदा उनका प्रतिद्वन्द्वी धनपति शर्माले ९ सय ८५ मत पाए। संघमा ४ हजार ३ सय ३८ मतदाता रहकोमा २ हजार ४ सय ३४ मत खसेको निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले जानकारी दिए।त्यसमध्ये १ सय ५१ मत बदर भएको घिमिरेले बताए।

    सोमबार बिहान आठ बजेदेखि भएको मतदानमा ५६ दशमलव १० प्रतिशत मतदाताले भाग लिएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए। संघको २१ सदस्यीय पदाधिकारीमध्ये नयाँ कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा यसअघि नै सर्वसहमतिमा पदाधिकारी  चयन भइसकेका थिए।

    अध्यक्षमा निर्वाचित बुढाथोकी र पराजित जोशी दुबै उपाध्यक्ष थिए। त्यस्तै कोषाध्यक्षमा निर्वाचित पोखरेल पहिला पनि सोही पदमा थिए। उनका प्रतिपर्धी शर्मा भने संघका सदस्य थिए।बुढाथोकी र पोखरेललाई नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीको समर्थन थियो। जोशी र शर्मा भने स्वतन्त्र रूपमा उठेका थिए।  नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै जोशी र शर्मालाई पार्टीको सदस्य नरहने गरी कारबाही गरेको थियो।

 

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६