प्रदेश

अनेरास्ववियू: संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक



काठमाडौं, २१ पुस । नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियूले देशव्यापी आन्दोलनको घोषणा गरेको हो।बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न मागदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका छन् । दोस्रो चरणको आन्दोलन देशव्यापी रुपमा हुने नेता सुदेश पराजुलीले बताए ।

कताअनुसार लाल्टिनरसिटीरलाठी जुलुस, पौष २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन, पौष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, पौष २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम, पौष २६ गते बयलगाडा प्रदर्शन, पौष २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम, पौष २८ गते सडक नाटक र सडक आर्ट, पौष २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन लगायत रहेका छन्।

त्यसैगरि अनेरास्ववियूले शैक्षिक कार्यक्रमसमेत तय गरेको छ। संसद विघटनको विरोधसँगै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि अनेरास्ववियूले गरेको छ ।यसैगरी कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने लगायत रहेका छन्।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६