अन्तर्राष्ट्रिय

विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा



काठमाडौँ  २१ पुस । केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो । न्यूजील्यान्ड टिमका कप्तान समेत रहेका विलियम्सन व्यक्तिगत २३८ रन बनाएर आउट भएका थिए । न्यूजील्यान्डका लागि हेनरी निकोल्सले १५७ तथा डेरिल मिचेलले १०२ रन बनाएर महत्वपूर्ण योगदान दिएका थिए । तेस्रो दिन छ विकेटको क्षतिमा ६५९ रन बनाएर न्यूजील्यान्डले पहिलो इनिङ समाप्त भएको घोषणा गरेको छ ।

यो घोषणासँगै न्यूजील्यान्डले पाकिस्तान विरुद्ध ३६२ रनको विशाल अग्रता बनाएको छ । पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाएको थियो । तेस्रो दिन नै दोस्रो इनिङ शुरु गरेको पाकिस्तानले एक विकेटको क्षतिमा ८ रन बनाएको छ । पाकिस्तानका शान मसूद कुनै रन नै नबनाई आउट भएका छन् ।दुई टेस्टको यस शृंखला अन्तर्गत पहिलो खेलमा न्यूजील्यान्ड विजयी भएको थियो । 

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६