ब्रेकिंग न्युज

पार्टी फुटाउन पाइँदैन भन्दै ओली पक्षीय नेकपाका नेता,कार्यकर्ताद्धारा प्रदर्शन



 जनकपुरधाम २१ पुस । पार्टी फुटाउन पाइँदैन भन्दै केपी शर्मा ओली पक्षीय नेकपाका नेता,कार्यकर्ताले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।रेल्बे स्टेशनबाट निकालिएको र्‍याली भानु चोक, शिब चोक, जनक चोक हुँदै पार्टी कार्यालय पुगेको छ । प्रदर्शनका क्रममा उनीहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, आज होइन भालिलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका छन् ।

प्रदर्शनमा सहभागी गराउन धनुषाको गाउँ–गाउँबाट ओली समर्थकलाई ट्याक्टर, बसलगायतमा ओसारिएको छ ।र्‍याली सकिएपछि पार्टी कार्यालयमा कार्यकर्ता भेलाको आयोजना गरिनेछ । भेलालाई सम्बोधन गर्न नेकपा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठसहितका नेताहरु जनकपुरधाम आइपुगेका छन् ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६