लुम्बिनी

गुल्मिका प्रत्येक वडामा हेलिप्याड निर्माण



गुल्मी २१ पुष ।  प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकहरुलाई प्रयोग गरेर गुल्मिका प्रत्येक वडामा एक÷एक वटा हेलिप्याड निर्माण गरेको छ।जिल्लाको इस्मा गाउँपालिकाले सवै वडाका बिच भागमा पक्की हेलिप्याड निर्माण भएका छन्। अरु स्थानीय तहले सडक, पोखरी र चौपारी मर्मतमा प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिक प्रयोग गरेका थिए। तर, इस्मा गाउँपालिकाले भने हेलिप्याड निर्माण गरेको हो । गएको बर्खा पहिरोमा परेका घाइतेको उद्धार गर्न निकै कठिन भएपछि हेलिप्याड बनाउने योजना बनाइएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले जानकारी दिए। उनले आपत्तकालिन अवस्थामा मात्रै हेलिप्याडको प्रयोग हुने भएकाले तत्काल उपयोगहिन भनेर आलोचना गर्नुको अर्थ नभएको बताए।

सत्यवति गाउँपालिकाको पहिरोमा परेका बिरामीको पनि हेलिकप्टर मार्फत नै उद्धार गरिएको हो। बस्ने ठाउँको अभावमा करिव ३५ मिनेट हेलिकप्टर आकाशमै उडेर फर्किएको स्थानीयले बिर्सेका छैनन्। सोहि अवस्थालाई ध्यान दिएर गाउँपालिकाको मध्ये भाग वडा नं ४ लिम्घाका दुई स्थानमा हेलिप्याड निर्माण गरिएको गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए।त्यस्तै जिल्लाका धुर्कोट गाउँपालिकाले पनि सवै वडामा हेलिप्याड निर्माण गर्ने योजना बनाएको छ। गाउँपालिकाका ७ मध्ये केहि वडामा हेलिप्याड निर्माण सम्पन्न भएका छन्। भने केहि वडामा काम बाँकी रहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए।

हेलिप्याड एयरपोर्ट जस्तो बाह्रैमास प्रयोगमा आउँदैन। तर, आपत्कालीन अवस्थामा नभई नहुने भएकाले बिपद् पुर्व तयारीका दृष्टिकोणले पनि स्थानीय तहको यो काम प्रसंसनीय रहेको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका सशस्त्र प्रहरी नायव उपरिक्षक अशोक लम्सालले बताए। ‘पहाडमा बाढी पहिरोको डर बर्षातमा मात्रै भएपनि दुर्घटनाको जोखिम बाह्रैमास भएकाले हेलिप्याड निर्माण अरुले पनि गर्नुपर्ने हो,’उनले भने,‘निर्माण गरेकाहरुको काम महत्पुर्ण छ ।’

कैयौ ठाउँमा समयमै उद्धार नभएका कारण गर्भवति र सुत्केरी महिलाहरु अकालमै ज्यान गएको छ। भने बाढि पहिरो र दुर्घटनाहरुमा पनि समयमै उद्धार नभएका खबरहरु सुन्ने र देख्ने गरिन्छ। गुल्मीमा भुगोलको हिसावले घाइतेहरुको उद्धार गरेर थप उपचार गर्न गाडीमा सदरमुकाम तम्घासबाट पनि पाल्पा बुटवल पुग्न तीनदेखि ५ घण्टा एम्बुलेन्सलाई लाग्छ।त्यो पनि हिउँदमा मात्रै संभव छ। बर्षातमा अधिकांश समय पाल्पा वुटवल सडक अवरुद्ध हुन्छ। त्यसैले पनि आपतकालिन उद्धारको लागि प्रत्येक वडामा निर्माण गरिएका हेलिप्याड स्थानीयका लागि खुसीको कुरा भएको इस्मा गाउँपालिका २ की सिता कुवरले बताइन्।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६