बिजनेस

समायोजनपछि ३६ विद्यालय बन्द,बन्द हुनेमा सस्थागत भन्दा सामुदायिक बढी



गुल्मी २१ पुस । गुल्मीमा समायोजनका कारण १० संस्थागत र २६ सामुदायीक बिद्यालय पुरै बन्द भएका छन्। गुल्मी दरवार गाउँपालिकामा १–१० पढाई हुने गौरी शंकर इग्लिस बोर्डिङ स्कुल इश्वरी माविमा पुरै समायोजना भएको छ। भने चार संस्थागत र दुई सामुदायीक बिद्यालय खाली भएका छन् । 

     त्यस्तै धुर्कोट गाउँपालिकाले पनि सामुदायीक र संस्थागत गरेर ९ बिद्यालय समायोजन गरेको शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए। धुर्कोटमा ५ संस्थागत बिद्यालय पुरै खाली भएका छन्। मुसिकोट नगरपालिकाले ७ वटा सामुदायीक बिद्यालय समायोजन गरेर पुर्ण रुपमा बन्द गरेको छ। 

     ६ वटा बिद्यालयको कक्षा घटाएको मरासिनीले बताए।  रेसुंगा नगरपालिका र सत्यवति गाउँपालिकाका एक/एक वटा संस्थागत बिद्यालय मात्रै समायोजन भएका छन्। चन्द्रकोट गाउँपालिकाले ५ बिद्यालय पुरै समायोजन गरेको ५ भने ९ बिद्यालयमा कक्षा घटाएको छ । 

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६