अर्थ-वाणिज्य

स्थानीय तहको वेवास्ताका कारण कोभिड अस्पतालका कर्मचारी अलपत्र



गुल्मी २३ पुस । कोभिड अस्पतालमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी पारिश्रमिक विहिन भएका छन् ।  स्थानीय तहले जिल्ला बिपद् व्यावस्थापन समितिको निर्णय कार्यान्वयन नगर्दा कोभिड–१९ परिक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी तीन महिनादेखि पारिश्रमिक पाएका छैनन् । प्रयोगशालामा कार्यरत दुई जना टेक्नोलोजिष्ट, तीन जना टेक्निसियन, दुई जना असिस्टेन्ट, एक जना कम्प्युटर अपरेटर, एक जना हेल्पर र एक जना कुकले पारिश्रमिक नपाएका हुन् । उनीहरुले ०७७ असोज ८ गतेबाट कोभिड–१९ परिक्षण प्रयोगशाला तम्घासमा कार्यरत छन् । 

    जिल्लामा कारोना संक्रमणको दर दैनिक बढ्दै गएको थियो । कोरोना परिक्षण गर्न जिल्ला बाहिर जानुपर्ने भएकाले भनेकै समयमा रिर्पोट आउँदैन्थ्यो । त्यो समस्याबाट जिल्लाका स्थानीय तहनै सवैभन्दा बढि समस्या थिए । बिस्तारै जिल्लामा प्रयोगशालानै संचालनको महसुस भयो । ०७७ जेठ ३१ गतेको जिल्ला बिपद् व्यावस्थापन समितिको बैठकमा प्रयोगशाला संचालनको बिषयले औपचारिक प्रवेश पायो ।

    बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेसन सेन्टर संचालन गर्न प्रतिनगरपालिका १५ लाख र प्रतिगाउँपालिका १० लाख उपलब्ध गराउने निर्णय ग¥यो । त्यो रकमबाट उपकरण खरिद र जनशक्ति व्यावस्थापन गर्न रेसुंगा नगरपालिकाको नेतृत्वमा प्रयोगशाला संचालनको काम अगाडी बढ्यो । प्रयोगशालाबाट अहिलेसम्म नियमित काम भइरहेको छ । तर, केहि स्थानीय तहले जिल्ला विपद् व्यावस्थापन समितिको निर्णय अनुसार रकम नदिँदा प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट बञ्चित भएका छन् । 

    निर्णय कार्यान्वय गर्ने र नगर्ने स्थानीय तहहरुको विषयमा यतिबेला विवरणहरु सार्वजनिक भएका छन् । जस अनुसार जिल्ला बिपद् व्यावस्थापन समितिको निर्णय अनुसार गुल्मी दरवार, सत्यवति र चन्द्रकोट गाउँपालिकाले रकम उपलब्ध गराउने बिषयमा कुनै चासो दिएका छैनन् । अहिलेसम्म रेसुंगा नगरपालिकासहित इस्मा, मालिका, धुर्कोट, रुरु क्षेत्र र छत्रकोट गाउँपालिकाले निर्णय अनुसार रकम दिएको रेसुंगा नगरपालिकाका कार्यक्रम अधिकृत बिनोद मरासिनीले जानकारी दिए ।

     कालिगण्डकी गाउँपालिकाले ५ लाख दिएको छ । अझै ५ लाखको लागि प्रक्रियामा रहेको मरासिनीले बताए । उनका अनुसार मुसिकोट नगरपालिकाले १० लाख र मदाने गाउँपालिकाले १० लाख उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएका छन् । 

प्रकाशित : २३ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६