कपिलवस्तु २३ पुस ।जिल्ला समन्वय समितिको आयोजनामा चाथौ बार्षिक समिक्षा कार्यक्रम कपिलवस्तुको तौलिहवामा गरिएको छ । कार्यक्रममा ढेड दर्जन कार्यालयहरुले आफुले गत आर्थिक बर्षमा गरेका उपलब्धी, प्रगति लगायतका बिषयमा प्रस्तुत गरेका थिए ।डिभिजन वन कपिलवस्तु,डिभिजन वन गौतमबुद्ध, जिल्ला समन्वय समिति, सिचाई तथा जलश्रोत डिभिजन, १० पालिका लगायतका कार्यालयहरुले प्रगति बिवरण प्रस्तुत गरेका थिए । कोरोनाका कारण विकास बजेट खर्च नभएको विवरणहरु प्रस्तुत गरिएको थियो ।
सो अवसरमा प्रदेश नम्बर ५ का समाजिक समितिका संयोजक तथा प्रदेश सदस्य दीर्घ नारायण पाण्डेयले पछि परेको कपिलवस्तुमा बिस्तारै विकासको गति बढेको बताए । उनले सबैले होतेमालो गरेर जिल्लाको विकासलाई अघि बढाउनु पर्ने बताए । संघ, प्रदेश र पालिकाहरुले समन्वय गरेर अघि बढनु पर्ने बताए । सो अवसरमा प्रजिअ दीर्घ नारायण पौडेलले कपिलवस्तुको विकासमा प्रहरी प्रशासनको साथ रहने बताए ।
उनले करोना कै कारण बनाएर काम गर्न नसकिएको भन्न् उचित नहुने भन्दै हुलाकी राजमार्गको कार्यलाई निर्वाधरुपले गर्न दिनु पर्ने बताए । कार्यक्रममा प्रदेश सदस्य अजुृन केसी ,माला गोतामे, सहसराम यादव लगायतले मन्तब्य दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख नारायण खनालको अध्यक्षता, भुमीराम पाख्रेलको संचालन र जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद गौततको स्वागत मन्तब्यमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया