अन्तर्राष्ट्रिय

माल्टा–नेपाल संसदीय मैत्री समूह गठन



बुटवल २३ पुष । गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

गठित संसदीय मैत्री समूहमा माल्टाका तर्फबाट गणतन्त्र माल्टाका प्रतिनिधिसभाका सांसदहरु डेभिड एगिएस, क्रिस फिअर्न, एडवर्ड ज्यामीट र रोबर्ट क्याटाजार सदस्य रहनुभएको छ । संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन गरिएको नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिनु भयो ।

युरोपेली युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि माल्टामा माल्टा–नेपाल मैत्री समाज एवं माल्टा–नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको राजदूत सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित : २३ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६