विचार/ब्लग

ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको हो : गौतम



काठमाण्डौ २३ पुष ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको दाबी गर्नुभएको छ ।राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहनुभएका गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताउनुभयो । ‘पार्टी जोगाउनको लागि उहाँको निम्ति अवसर थियो, त्याग गर्न सक्नुपर्थ्यो । त्यो ठाउँमा म भएको भए अविश्वासको दर्ता गर्नुअघि राजीनामा दिन्थेँ ।

त्यसले पार्टी एकता जोगिन्थ्यो र इतिहासमा एउटा राम्रो उदाहरण पनि लेखिन्थ्यो’, गौतमले भन्नुभयो ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले ४३ वर्षदेखि सङ्गत गरेको र एउटा गतिलो मित्र मान्ने गरेको तर अहिले यति ठूलो निर्णय गर्दा ओलीले आफूलाई एक पटक पनि नसोधेकोमा गौतमले दुखेसो पोख्नुभयो । ‘अहिले प्रतिनिधि सभा विघटन गर्दा मलाई एक पटक पनि सोध्नुभएन । यो निर्णय हुँदैछ भनेर मलाई थाहा थिएन’, गौतमले भन्नुभयो, ‘मलाई अविश्वासद्वारा बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्य हुनेवाला छ भनेर पटक–पटक चेतावनी दिनुभएको थियो, आखिरमा उहाँले त्यो गरि छाड्नुभयो ।’    

प्रकाशित : २३ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६