काठमाडौं, २३ पुस । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका काठमाडौं सेक्रेटरीसहित तीन नेतालाई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही छन् । प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीन जनाको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको जनाइएको छ ।काठमाडौं प्रहरीका डीएसपी प्रमिश विष्टका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तिनै जनाविरुद्ध चन्दा ऐन अन्तर्गत म्याद थप गरिएको छ ।
प्रतिक्रिया