अर्थ-वाणिज्य

सुकुम्वासीलाई ३ वर्ष भित्र लालपूर्जा,आरटीओ सडकलाई प्रदेश राजधानीसंग जोड्छौं : मुख्यमन्त्री पोखरेल



कपिलवस्तु २३ पुस  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सिमानका कृष्णनगरलाई विजयनगरसंग जोडेको आरटीओ सडकको थप विस्तार र स्तरबृद्धिंगै छिटटै लुम्विनी प्रदेश राजधानीसंग जोड्ने प्रतिवद्धता जनाउनु भएको छ । यस्तै उहाले सुकुम्वासी र अव्यवस्थीत बसोवास गर्दै आएका सबै नागरिकले ३ वर्ष भित्र लालपुर्जा पाउने बताउनु भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको खडैचामा आर.टि.ओ. कालोपत्रे सडकको समुद्घाटन गर्दै लालपुर्जा वितरणका लागि स्थानीय सरकार सँग सहकार्य भई लगत लिन सुरु भएको बताउनु भयो । 

सुकुम्वासीलाई पुर्जा दिनका लागि पटक पटक भोट मागियो तर विपक्षीले अदालतमा मुद्धा हालेर काम गर्न अवरोध गरेको समेत दाबी गर्नु भयो । प्रधानमन्त्रीले यस पटक कानुन नै संशोधन गरी भुमिहीनका समस्याको अन्त्यका लागि काम सुरु भएको उहाले बताउनु भयो । सरकारले गरिब जनताका लागि हरेका वर्ष १ हजार घर समेत निर्माण गरि न्युन आय भएका जनताको मन जितेको दाबी गर्नु भयो ।

प्रधानमन्त्री प्रति सर्मथन गर्दै उहाँले १४ वर्ष जेल र २ वर्ष कडा सेलमा वस्नु भएका केपि ओलीलाई लोकतन्त्र विरोधी भन्नु लोकतन्त्रको अपमान भएको बताउनु भयो । प्रधानमन्त्री केपि ओलीले नेतृत्व गरे पछि सडक, पुर्वाधार, शिक्षा, संचार लगायतको क्षेत्रमा विकास भएको स्पस्ट पार्नु भयो । सरकारले पछि परेको भेगको विकासका लागि प्राथमिकता दिएको बताउनु भयो । कपिलवस्तु सधै पछाडी परेको क्षेत्रको रुपमा चिनिदै आएको छ । यहाँका खेतमा सिंचाई पु¥याउनका लागि नौमुरे जलाशयको योजनाको डिपिआर तयार भएको समेत बताउनु भयो । नैमुरे योजनाको उठान केपि शर्मा ओली परराष्ट्रमन्त्री भएको बखतमा गर्नु भएको समेत बताउनु भयो । राप्तीको पानी भारत तर्फ लैजान खोज्दा प्रधानमन्त्रीले कपिलवस्तु ल्याउने अडानका कारण अवरोध भएको बताउनु भयो । नौमुरे आयोजनाको ड्यामबाट राप्तीमा ठुलो तलाउ बनाएर प्रदेश राजधानी राप्ती उपत्यकालाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने समेत बताउनु भयो । 

    कार्यक्रममा बोल्नु हुँदै लुम्बिनी प्रदेशका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले विकासको लागि अगाडी बढेको बताउनु भयो । प्रदेश सरकारले यस वर्ष २७६ योजनाको डिपिआर सहित संचालन भएको बताउनु भयो । आर. टि.ओ सडक प्रदेश सरकारको पहिलो सबै भन्दा ठुलो योजना रहेको र पुरा गर्नका लागि पहिलो वर्षमा २० करोड रुपैया बिनियोजन भएको थियो । कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता विरेन्द्र कुमार कनोडियाले कपिलवस्तुमा सिंचाईका योजना संचालनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । 

सडक निर्माण पछि सुगम बन्यो विजयनगर  :

    सडक सन्जालले राजमार्ग छोईए पछि कपिलवस्तुको विजयनगर गाउँपालिकाका स्थानीयले खुसी ब्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा कृष्णनगर आर.टि.यो. सडक फराकिलो बनाई कालो पत्रे भए पछि स्थानीयलाई यातायातको सहज भएको छ । ११ किलो मिटर सडक निमार्णका प्रदेश सरकारले १५ करोड ७७ लाख रकम खर्च भएको छ । 

    सडक कालोपत्रे भए पछि विजयनगर गाउँपालिका पुर्व पश्चिम राजमार्ग सँग सडक सञ्जालले जोडिएको छ । पञ्चायतकाल देखी चलन चल्तीमा आएको करिब एक दशक देखी अलपत्र रहेको थियो । गाउँ पालिकाको पहल पछि ७ मिटर चौडाई हुने गरि सडक निर्माण भएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनु भयो । निमार्ण भएको सडकले भारतीय मुख्य नाका कृष्णनगर हुदै पुर्व पश्चिम राजमार्गको शिवपुर जोड्ने छ । 

    २०१६ सालमा पहाडी भेगलाई भारतीय सीमा सँग सडकले जोड्नका लागि क्षेत्रिय सडक अन्र्तगत सडक निर्माण सुरु गरिएको थियो । कुल २२ किलो मिटर सडक मध्ये ११ किलो मिटर सडक कालो पत्रे भई सकेको थियो । 

प्रकाशित : २३ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६