अन्तर्राष्ट्रिय

अन्ततः ट्रम्पद्धारा निर्वाचनमा जो बाइडनको जित स्वीकार



काठमाडौं २४ पुस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाको संसद् भवन क्यापिटल हिलमा हिंसात्मक प्रदर्शन गरेका थिए ।ट्रम्पले बुधबार भएको हिंसात्मक प्रदर्शनको पनि निन्दा गरेका छन् । उनले उक्त आक्रमणलाई जघन्य आक्रमणको संज्ञा दिँदै यस किसिमको आक्रमणले अमेरिकाको प्रजातन्त्रलाई अशुद्ध बनाएको बताएका छन् 

ट्रम्पले भनेका छन्, ‘नयाँ प्रशासनको शपथग्रहण जनवरी २० मा हुनेछ । मेरो ध्यान अहिले शान्त, व्यवस्थित र निर्बाधरुपमा शक्ति हस्तान्तरणमा केन्द्रित भएको छ ।’बुधबार भएको हिंसात्मक प्रदर्शनपछि अमेरिकामा ट्रम्पमाथि यस किसिमको प्रदर्शनको लागि उक्साएको भन्दै तत्काल उनलाई पदबाट हटाउनुपर्ने माग उठेको थियो । डेमोक्रेटिक पार्टीका नेताहरुले अमेरिकी कंग्रेसका अध्यक्ष तथा उपराष्ट्रपति माइक पेन्ससँग संविधान परिवर्तनको लागि आग्रह गर्दै राष्ट्रपतिलाई तत्काल पदबाट हटाउने प्रयास गरेका थिए । 

यद्यपि पेन्ससँग उनीहरुको सम्पर्क हुन सकेन ।यसअघि ट्रम्पले गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका थिए । तर, उनले स्पष्ट प्रमाण भने पेश गर्न सकेका थिएनन् । यद्यपि बिहीबारको भिडियो सन्देशमा भने उनले आगामी राष्ट्रपतिमा बाइडनलाई स्वीकार गरेका हुन् ।‘तपाईँहरुको राष्ट्रपतिको रुपमा सेवा गर्न पाउनु मेरो लागि जीवनभरको सम्मान हो’, ट्रम्पले भनेका छन्, ‘मेरा सबै समर्थकहरु निराश हुनुहुन्छ भन्ने मलाई थाहा छ । तर, म तपाईँहरुलाई भन्न चाहन्छु कि हाम्रो अविश्वसनीय यात्रा बल्ल सुरु भएको छ ।’

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६