लुम्बिनी

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक हप्ताको लागि सबै सेवा बन्द



अर्घाखाँची २४ पुष।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा  एक हप्ताको लागि सबै सेवा बन्द भएको छ । अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सेवा बन्द गरिएको हो । विहिबारबाट पालिकाको कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेका सम्पुर्ण सेवा बन्द गरिएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले कोरोनाका कारण एक हप्ताका लागि सेवा बन्द गरिएको विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।गाउँपालिका भित्र सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै यसलाई रोकथामको लागि गाउँपालिकाका अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६