कपिलवस्तु २५ पुस ।भारतका बिभिन्न स्थानमा बर्ड फ्लु फैलीरहेका बेला कपिलवस्तुमा भारत बाट अबैधरुपमा भित्राइएका ५ क्युन्टल ( १७० ओटा ) ब्रोईंलर कुखुरा बरामद गरिएको छ । जिल्लाको सुद्धोदन गाउपालिकाको हथिहवा दोहनी सडकमा साईकलमा ल्याईरहेको अवस्थामा झन्डै २ लाख मुल्यका सो कुखुरा बरामद गरिएको हो । नौ वटा साईकलमा ल्याईरहेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ब्रोईलर कुखरा बरामद गरेकोे प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभएको छ । साईलक चालक भने फरार भएका थिए ।
बरामद गरिएको कुखुरा प्रहरी कार्यालयमा गाडेर नष्ट गरिएको छ । नौ वटा साईकल भने सुठौली भन्सार पठाइएको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभएको छ । भारतमा बर्ड फ्लु फैलिरहेको अवस्थामा नाकाहरुमा कडाई गरिएको उहाले बताउनुभएको छ । भारतमा नेपाल भन्दा चल्ला र कुखुरा सस्तो पर्ने भएकाले तस्कारहरुले भारतबाट लुकीछिपी कुखुरा र चल्ला नेपाल भित्राउने गरेका छन । अहिले कपिलस्तुमा ब्र्रोईृलर कुखुराको मुल्य प्रति केजी ४ सय रुपैया रहेको मासु ब्यापारी बताउछन ।
यता कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा लागु औषध सहि १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नं.४ सिद्दिपुर बाट १ जनालाई रंगेहात पक्राउ गरेको हो । गोप्य जानकारीको आधारमा विहिवार साँझ गरिएको अप्रेशनमा रिना सेनको घर कोठामा लागु औषध प्याकिङ गर्दै गरेको भनि स्थानियद्धारा सुचना पाएपछि ती युुवकलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक दिनेश गुरुङ्ले बताएका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.३ ठाटिका ३१ बर्षिय रिषी थारु रहेका छन् । उनी सिद्दिपुर होराईजन स्थित रिना सेनको घरमा काम गरी बस्ने गरेको खुलेको छ । खान तलासी बाँकी रहेकोले उनको घरको एउटा कोठा स्थानिय, जनप्रतिनिधीको रोहबरमा सिल गरीएको छ ।
प्रतिक्रिया