प्रदेश

कपिलवस्तु नगरको हिउदे अधिबेशन: विश्व सम्पदा सूचीमा सूचीकृत गराउने निर्णय



कपिलवस्तु २५ पुस ।
‘ समृद्ध नगर खुशी नगरबासी स्थिर र दिगो विकासको दाबी ’ भन्ने नाराका साथ कपिलवस्तु नगरपालिकाको हिउदे अधिबेशन तथा आठौ नगर सभा तौलिहवामा संपन्न गरिएको छ । सो अवसरमा मेयर किरण सिंहले नगरलाई टिनको छानोमुक्त, पुर्ण खोप, बालमत्री शासन घोषणाका लागि कार्यहरु तीब्ररुपमा अघि बढाइएको बताउनुभयो । पर्यटकीय नगरी कपिलवस्तु नगरपालिकालाई सुन्दर र हराभरा सहीत विकासको गति दिन योजनाबद्धरुपमा अघि बढने बताउनुभएको छ ।
    उहाले तिलौराकोट दरबारलाई बिश्व संपदा सुचीमा सुचीकृत गराउन आवश्यक समन्वय र पहल समेत गरेको बताउनुभयो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पोख्रेलले पेश गरेको बिनियोजन ऐन २०७७ लाई संशोधन गर्न बनेको २०७७ सर्वसम्मतरुपले पारित गरिएको थियो । सो अवसरमा नगरपालिकामा रहेका बिभिन्न शाखाहरुको प्रगतिहरु समेत प्रस्तुत गरिएको थियो ।
    वडा स्तर र पालिकाको कार्यक्रम र नाम बिषय संशोधन रकम नबढने गरी स्थानान्तरण समेत गरिएको थियो । मेयर सिंहको अध्यक्षता, सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा उप मेयर लक्ष्मी गुप्ता साउ, वडाध्यक्ष, सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित : २५ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६