कपिलवस्तु २५ पुस । नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियु नेता रश्मि आचार्यले प्रधानमन्त्री प्रती दर्ता भएको आरोपपत्रका कारण एकता प्रकृयामा संकट आएको बताउनु भयो । अनेरास्ववियू ले कपिलवस्तुको गोरुसिंगेमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टि भित्र भएको षडयन्त्रका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु पर्ने अवस्था आएको बताउनु भयो । भारतले संविधान निर्माण रोक्न दवाव दिएको बेलामा प्रधानमन्त्री ओलीको अडानका कारण नेपालले संविधान जारी गरेको बताउनु भयो । जसका कारण संबिधान जारी भयो उहाँलाई संविधान विरोधी भनी गलत प्रचार गरेको नेता आचार्यले भन्नु भयो ।
कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य बलराम अधिकारीले नेकपा एक ढिक्का रहेर अगाडी बढेको बताउनु भयो । नेकपाका कार्यकर्ता यता र उता भनेर विभाजन गरेका छैनौ । केही साथीहरु सडकमा विरोध गर्न जानु भएको छ । विरोध गर्न जाने साथी जनताका लागि नभएर पदको लागि बिरोध गरेको बताउनु भयो ।बिद्यार्थीलाई सम्वोदन गर्दै नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले कपिलवस्तुको विकासमा प्रधानमन्त्री ओलीले गरेका कामको चर्चा गर्नु भएको थियो । विपक्षीले विकास भएन भनी हल्ला गर्दै हिडेका छन । ओली सरकारको कारण कपिलवस्तु जिल्ला सदरमुकाको सडक कालोपत्रे, हुलाकी राजमार्ग निर्माण , आरटिओ सडक कालोपत्रे, कपिलवस्तु जिल्ला अस्पतालको स्तरोउन्नती, चन्द्रौटामा सरुवारोग अस्पताल, सबै पालिकामा अस्पताल निमार्ण गरी डाक्टरको व्यवस्था समेत गरेको बताउनु भयो । बिकासका कारण ओली लोकप्रिय बन्दै गएको बताउनु भयो ।
कार्यक्रममा अनेरास्वीयु केन्द्रीय कार्यालय सचिव झपिन्द्र खत्री, अनेरास्ववियु केन्दीय सदस्य श्याम प्रकाश प्रजापती, टुकलाल गैरेले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम उज्वल अधिकारीको संचालन र अखिल जिल्ला अध्यक्ष बावुराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले १०१ सदस्यिय सम्मेलन आयोजक कमिटी समेत गठन गरेको छ । जसको संयोजक बावुराम अर्याललाई तोकेको बताइएको छ ।








प्रतिक्रिया