लुम्बिनी

बुद्ध आवाज प्रदेशकै उत्कृष्ट नमुना : उपमेयर अर्याल



कपिलवस्तु २५ पुस । कपिलबस्तु संचार सहकारी लिमिटेडको १२ औ साधारण सभा शनिबार सम्पन्न भएकोछ । कोरोना महामारीका कारण प्रतिनिधिमुलक उपस्थितिमा सिमित व्यक्तिलाई मात्र बोलाई पौष १८ गतेबाट साधारण सभा सुरु गरिएको थियो । समापन कार्यक्रममा बोल्दै बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले बुद्ध आवाज सञ्चार गृह लुम्बिनी प्रदेशमै उत्कृष्ट स्थान हासिल गर्दै गएको र राष्ट्रीय स्तरमा पनि आफूलाई स्थापित गर्न सक्षम हुने बताउनुभयो । 

स्थानिय पालिकामा केन्द्रित नरही र प्रदेशस्तर कै मनत्रालयका महत्वपूर्ण कार्यक्रम उत्पादन गर्दै जानु भनेको बुद्ध आवाज उत्कृष्ट मिडियाको रुपमा आफूलाइ चिनाउनु भएको बताउदै आफ्नो तर्फबाट सधैब साथ सहयोग रहेको स्पष्ट पार्नुभयो । यस्तै संस्थाका अध्यक्ष बिष्णु न्यौपानले संस्थाको थप बिकास गर्दै जाने वताउनु भयो । उहाले बुद्ध आवाजका कार्यक्रम ,समाचारलाई अझ थप प्रभाबकारी बनाउदै लैजान संस्थाले बिभिन्न रणनिति बनाएको जानकारी दिनु भयो  ।

    यसैगरि कार्यक्रममा स्वागत मन्तब्य राख्दै संस्थाका बरिष्ठ उपाध्यक्ष मित्रलाल शर्माले बुद्ध आवाज ३ तहकै सरकारसंग सहकार्य गर्दै अघि बढीरहेको र थप समन्वय र सहकार्यलाई मजबुद बनाउदै लैजाने योजना रहेको सुनाउनुभयो । राष्ट्रिय अपांग महासंघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका शर्माले सबै श्रोतादर्शकहरुको मनजित्ने गरि बुद्ध आवाज अघि बढिरहेको स्पष्ट पार्नूभयो । 

    संस्थाका महासचिव सरोज खनालको सहजीकरण भएको कार्यक्रममा सल्लाहकारका तर्फबाट दल बहादुर कुवले मन्तब्य राख्नुभएको थियो । बाािर्षक प्रगति प्रतिवेदन भने महासचिव सरोज खनालले नै प्रस्तुत गर्नुभएको थियो ।  साधारण सभाको पहिलो उद्घाटनको दिन संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष दोलख बहादुर पछाईले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन लेखा संयोजक द्रोणराज सुवेदीले प्रस्तुत गर्नुभएको थियो । कपिलवस्तु सञ्चार सहकारी लिमिटेडद्धारा अहिले रेडियो बुद्ध आवाज र  टिलिभिजन बुद्ध आवाज सञ्चालनमा रहेको छन ।

प्रकाशित : २५ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६