पर्यटन

वाणगंगा नगरपालिकामा नगर स्तरिय तिसरा माघी तथा खिचडी महोत्वसव हुने



कपिलवस्तु २६  पुष ।कपिलवस्तुको वाणगंगा नगरपालिकामा नगर स्तरिय तिसरा माघी तथा खिचडी महोत्वसव हुने भएको छ ।माघ २, ३ र ४ गते शिवरात्री मेला स्थल हथौसामा माघी मेला आयोजना हुने भएको छ । महोत्वसमा थारु जातीका कला, संस्कृती, भाषा, भेषभुषा संरक्षण सम्बद्र्धनका लागि माघी खिचडी महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारीण नगर सभाका अध्यक्ष भग्गु थारुले बताउनुभयो ।उहाले गत वर्षजस्तो भव्यताका साथ सासंकृतिक कार्यक्रम गर्नुको साटो जनचेतनामूलक किसिमले कार्यक्रम गर्न लागिएको बताउनुभयो । माघ २ गते स्थलमा रक्तदान कार्यक्रम, ३ गते लागुपद्धार्थ दुव्र्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यस्तै पत्रकार सम्मेलनमा कोरोना महामारिका बिचमा यस पटक माघी मेला गत वर्ष भन्दा फरक किसिमले आयोजना गर्ने तयारी गरिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष उमाशंकर प्रसाद थारुले बताउनुभयो । कार्यक्रम सचिव श्रीराम थारुको संचालन नगर साभपति भग्गु थारुको अध्यक्षता, जिल्ला सभापति उमाशंकर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।पत्रकार सम्मेलनमा पत्रकार महासघं उपाध्यक्ष पार्वती पाण्डे, सचिव हरी अधिकारी, थारु पत्रकार सघंका केन्द्रिय सचिव कमल चौधरी लगाएतका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २६ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६