कपिलवस्तु २६ पुस ।कपिलवस्तुको बाणगंगा ५ लोहरीबगिया बैकुण्ठपुरमा मापदण्ड विपरित सञ्चालन आउन थालेको क्रसर उद्योग कुनै पनि हालतमा सञ्चालनमा आउन नदिने भन्दै स्थानियहरुले बिरोध गरेका छन ।क्रसर उद्योग सञ्चालकले उद्योग सञ्चालनका लागि आवश्यक मालसमान झार्न थालेपछि नमुना टोल विकास र झण्डा टोलविकास संस्थाले संयुक्त गाउभेला आयोजना गरी संचालनमा जनस्तरको रोक लगाएका हुन् ।
स्थानीयबासीले ढुङ्गा पिस्ने मेसिन सहित बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न नदिनको लागि वडा, नगर, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयमा समेत गएर धर्ना र ज्ञापनपत्र दिने र आबश्यक परे जस्तो सुकै कडा कदम चाल्न बाध्य हुने सहमति गरेकाछन् । यसबाट हुन सक्ने जोखिम स्वयम् क्रेसर उद्योग हुनु पर्ने निर्णय गरेका छन् । एम एस आर सिमेन्टजन्य सामाग्री उत्पादन तथा बालुवा प्रशोधनउद्योग नामक उद्योगले झुक्काएर वालुवा प्रशोधनका नाममा क्रेसर चलाउन थालेपछि बिरोधका कार्यक्रम अघि बढेका हुन् ।
जनप्रतिनीधिहरुको उपस्थितीमा एस एम आर ढुङ्गा पिस्ने मेसिन सहितको बालुवा प्रशोधन उद्योग सञ्चालकहरु सहितको संयुक्त भेला आयोजना गरेको भए पनि सञ्चालकहरु र जनप्रतिनिधिको उपस्थिति नहुदा स्थानीयवासी आक्रोशित भएका थिए । ढुंगा गिट्टी बालुवा जस्ता निर्माण सामग्रीको व्यवस्थापनसम्बन्धी पछिल्लो सरकारी मापदण्डलाई बेवास्ता गर्दै गाउनजिकै कुनै पनि उद्योग सञ्चालन गर्न नदिने भन्दै,स्कुल नजिकै छ असर गर्छ ,खेतीबारीको उत्पादनमा ह्रास आउन थाल्छ , नलमा पानी सुक्ने लगाएतका समस्या देखा पर्ने स्थानियले बताएका छन ।
नदिजन्य पदार्थमा आधारित उद्योगको क्षति बिरोध संघर्ष समितिका अध्यक्ष सन्तोष घिमिरेका अनुसार आम भेलाको निर्णय बमोजिम आफ्ना माग पूरा नभए शसक्त आन्दोलन गर्दै जाने बताउनुभयो ।उद्योग सञ्चालन गर्न नदिनको लागि स्थानीय नमुना युवा क्लव, श्री मा वि झण्डा मधौलीले समेत एक्वबद्धता जनाएको नमुना टोल बिकासका अध्यक्ष लोक बहादुर मगरले जानकारी दिनुभयो । नदिजन्य पदार्थ ब्यवस्थापन कार्यबिधी २०७५ बमोजिम नदिजन्य पदार्थमा आधारित उद्योग स्थापना र सञ्चालन गर्दा कार्यबिधको अनुसुची ४ बमोजिम समेतका मापदण्ड पूरा नगरि उद्योग सञ्चालन आउन थालेको झण्डा टोलविकास संस्थाका सचिव पदम भट्राईले बताउनुभयो ।
प्रतिक्रिया