अर्घाखाँची २६ पुस । नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले संसद पुनस्थापनाको सपना नदेख्न आग्रह गरेका छन्। उनले मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनस्थापना हुन्छ भन्नु एउटै भएको भन्दै संसद पुनस्थापना दिवास्वप्न मात्र हुने दाबी गरे । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पु¥याउने उद्देश्यले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधव नेपालले डिजाइन गरेपनि प्रधानमन्त्री ओलीले तुहाइदिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँ कमिटी अर्घाखाँचीको गाउँपालिका स्त्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई खनदहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रैबाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उनले विभिन्न कठिनाई र अवरोधकाबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दाबी गरे । ३३ वर्षसम्म प्रचण्ड आफैँ टिको लगाएर पार्टी अध्यक्ष बनेको भन्दै उनले पार्टी लाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाए । नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्यले भारतका निर्देशन प्रचण्ड, माधव, झलनाथले पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया