ब्रेकिंग न्युज

लागुऔषधको हव बाणगंगामा १० दिन भित्र ५ कारोवारी पक्राउ ।



कपिलवस्तु २७ पुस । कपिलवस्तको बाणगंगा नगरपालिकाबाट लागु औषधको कारोवार गर्ने दम्पती पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले आइतवार साँझ बाणगंगा नगरपालिका ४ ठाकुरापुर बस्ने वर्ष ४२ को पारस विश्वकर्मा र उनको ३७ वर्षिय पत्नी आरती देवी बिश्वकर्मालाई पक्राउ गरेको छ । उनीहरु सँग १ ग्राम १५० मिलिग्राम ब्राउन सुगर र ६६ हजार ६ सय ३५ रुपैया बरामद गरेको छ ।

        दुबैले लागु औषध बिक्री गर्ने गरेको स्थानीयले दिएको सुचनाको आधारमा प्रहरीले छापा हानेको थियो । इलाका प्रहरी कार्यालय पिपराले पुस १७ गते २ जना, पुस २३ गते १ जना लागु औषधका कारोवारी लाई पक्राउ गरेको प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनु भयो ।  लागु औषध नियन्त्रण गर्नका लागि कपिलवस्तुमा प्रहरीले विशेष अभियान समेत संचालन गरेको छ । 

प्रकाशित : २६ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६