पर्यटन

वन उपभोक्ता समुहले कानुन मान्नु पर्दैन र ? : उपमेयर अर्याल



कपिलवस्तु २७ पुस ।वाणगंगा नगरपालिका वडा नं २ मा सामुदायिक वन उपभोक्ता समुहलाई वन संरक्षण सम्बन्धि २ दिने तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै नगरका उपमेयर चक्रपाणी अर्यालले वनको महत्व उपभोक्ताले वुझेमा बन बिनास नहुने बताउनु भयो । उहाले वन उपभोक्ता समुहको नेतृत्व गर्नेहरुले राष्ट्रका ऐन नियम र कानुन नमिन्ने भन्दै आन्दोलनका भरमा उनीहरुका भनाई नै लागु गर्नुपर्ने मानसिकता राखेको भन्दै त्यो संभव नहुने वताउनु भयो ।

    बनको स्थानीयतहसंगको समन्वय र सहकार्य प्रति कानुनले के भन्छ ? तपाईहरुले के गर्दै हुनुहुन्छ ? सोच्नु पर्दैन ? भन्ने प्रश्न गर्नु भयो । सामुदायिक बन उपभोक्ता समुहले  स्थानीयमा आफ्नो वजेट पेश गर्नु पर्ने समन्वयमा वजेट कार्यान्वयन गर्ने र प्राप्त आम्दानीवाट सरकारलाई १० प्रतिशत राजश्व तिर्नु पर्ने ऐन कानुन समुहले नमान्ने भन्दै वेवास्ता गर्दै आएका छन् । सोही तथ्य उपमेयर अर्यालले स्मरण गराउनु भएको हो ।

    वन भित्र भएका दुरुपयोग रोक्नका लागि विशेष योजना बनाउनु पर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा बोल्दै नगर प्रवक्ता एवं वडा नं २ का अध्यक्ष विष्णु गौतमले वनको संरक्षण गर्नका लागि उपभोक्ता समुहलाई तालिम प्रदान गरिएको बताउनु भयो । वन फडानी  जोगाउन उपभोक्ताहरुको ठुलो भुमिका हुने समेत उहाँले औल्याउनु भयो ।

    वनको महत्व र संरक्षणका लागि वडाका ८ वटा सामुदायिक वनका  महिला र पुरुष गरि १ सय जनालाई तालिम दिइएको उहाँले जनाउनु भयो । वडा सचिव नरेन्द्र पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा अमित पौडेल ,टिका कुमारी अधिकारी लगायतले बोल्नु भएको थियो । दुई दिन सम्म चल्ने तालिमको सहजिकरण सब डिभिजन कार्यालयका प्रमुख खिल वहादुर तामाङले गर्नु हुने छ । 

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६