अर्थ-वाणिज्य

भेटनरी अस्पताल प्रयोगशालाको शुभारम्भ



बाँके २६ पुस ।  लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले माछामा देशलाई आत्मनिर्भर बनाउन माछापालन व्यवसायमा अनुदानको व्यवस्था गरिने बताउनुभएको छ । आज बर्दियाको भेटेरिनरी अस्पतालमा प्रयोगशालाको उद्घाटन गर्दै उहाँले माछापालनमा आकर्षण बढाउन अनुदानसँगै सहुलियत कर्जाको सुविधा प्रदान गरिने बताउनुभयो । प्राकृतिक खोलानालामा पनि माछापालन गर्ने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ छ ।  

कार्यक्रममा कृषि अनुसन्धान परिषद्का प्राविधिक मोहम्मद सद्दाम हुसेनले माछापालनमा देखिएका समस्या समाधानका बारेमा प्रकाश पार्नुभयो । मत्स्य विकास अधिकृत श्रवणकुमार चौधरीले बर्दियामा माछापालनको अवस्थाको बारेमा जानकारी दिनुभयो । सो अवसरमा किसानले माछापालनमा अनुदान तथा कृषि ऋणमा छुट हुनुपर्ने, दानाको समस्या समाधान गर्नुपर्नेलगायतका माग राखेका थिए । 

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६