अर्थ-वाणिज्य

६० बर्षमाथिका स्वयम सेविकालाई आकर्षक नगद,२१ जना लाभान्वित



कपिलवस्तु २७ पुस । कपिलवस्तुको बाणगंगा नगरपालिकाले ६० बर्ष उमेर नाघेका महिला स्वास्थ्य स्वयमसेबिकालाई नगद रु १ लाख १ हजार सहित स–सम्मानका साथ बिदाई गर्ने भएको छ । नगरभित्र रहेका २१ जना ६० बर्ष उमेर नाघेका महिला स्वास्थ्य स्वयम सेबिकालाई एक कार्यक्रम बिच स–सम्मानका साथ बिदाई गर्ने निर्णय गरेको छ । ६० बर्ष उमेर नाघेका महिला स्वास्थ्य स्वयमसेबिकालाई बिदाई गर्ने सरकारको निति अनुसार नगरपालिकाले सम्मानका साथ बिदाई गर्ने भएको हो ।

    सोमबार बाणगंगा नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरप्रबक्ता एवम वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलले बताउनुभएको छ । यस्तै बैठकले शिक्षक दरबन्दी मिलान सम्बन्धी कार्यबिधि पास गरेको छ । यो संगै अब तिब्र गतिमा बिद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको काम अघि बढने भएको हो । यसैगरि बैठकले नगरका बिभिन्न सामुदायिक बिद्यालहरुको भौतिक पूर्बाधार निर्माणका लागि १ करोड २५ लाख बजेट छुट्याईएको छ । 

    जसमा चारकोठे भवन निर्माणका लागि २ वटा नगरका सिद्धार्थ माबि बाणगंगा १ बुङची र जनसेवा निमाबि वडा न ८ उदयपुर गरि प्रति बिद्यालय ३६ लाख बजेट बिनियोजन गरिएको प्रबक्ता पौडेलले बताउनुभयो । यस्तै ३ वटा बिद्यालयमा शौचालय निर्माणका लागि प्रति बिद्यालय ७ लाख बजेट बिनियोजन भएको छ । छनौटमा सिद्धार्थ निमाबि गजेहडा ,बरकट्टीया प्राबि बालापुर ,रामनिमाबि पडेरिया परेका छन ।

    यसैगरि बिज्ञान प्रयोगशाला स्थापना अनुदानका लागि ३ वटा बिद्यालयमा गरि प्रति बिद्यालय ६ लाख ५० हजार बिनियोजन गरिएको छ । यसका लागि बाणगंगा माबि लौगाई , लक्ष्मणघाट माध्यमिक लक्ष्मणघाट र माध्यमिक बिद्यालय झण्डा छनौटमा परेका हुन । यस्तै बैठकले पुस्ताकालय ब्यवस्थापन अनुदानका लागि मनकामना संस्कृत बिद्यापिठ नन्दनगरलाई ६ लाख ५० बजार छुट्याईएको छ । 

    यसैगरि सुचना प्रबिधि प्रयोगशाला अनुदानका लागि कान्ता माबि कर्लैेया  पटनाका लागि ६  लाख ५० बजार छुट्याईएको छ । यस्तै नगरका २ बिद्यालयका लागि संघिय सरकार समक्ष बिशेष योजना माग गर्ने निर्णय बैठकले गरेको छ । जनज्योति उच्च  माबि मोतिपुर र  हेमराज उच्च माबि हथौसालाई बिशेष कार्यक्रममा योजना माग गर्ने निर्णय भएको छ । यस्तै जनता माबि बिद्यालय पिपराको नमुना बिद्यालयको गुरुयोजना पास गर्नुका साथै मायादेबी रंगशालाको डिपिआरमा स्विकृत प्रदान गरिएको छ ।

    यस्तै वडा नं ६ ,७ ,९ र १० बालमैत्री लगानी योजना स्विकृत भएको प्रबक्ता पौडेलले बताउनुभएको । नगरका मेयर मंगल प्रसाद थारुको अध्यक्षतामा बसेको बैठकको सञ्चालन नगरका प्रमुख प्रशासयिक अधिकृत गेहेन्द्र बहादुर डाँगीले गर्नुभएको थियो । 

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६