अर्थ-वाणिज्य

ब्यवस्था उदार तर राज्य अनुदार : अध्यक्ष शर्मा



रुपन्देही  २७ पुस ।रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा सधैं आफूहरु समस्यामा परेको बताएका छन् । सोमबार नेपाल रोडाढुंगा उद्योग व्यवसायी संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा महासंघका केन्द्रिय सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्ने उद्योगीले राज्यको परिपूरक आफूहरु भए पनि सहयोग पाउनुपर्ने ठाउँमा उपेक्षित गरिएको बताए 

    महासंघको लुम्बिनी प्रदेशको नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्माले संचार, सरकार र उद्योगी व्यवसायी एकअर्काको परिपूरक भएको तर सोहीअनुसारको ससमन्य नभएको बताउनुभयो । उहाले शाससन ब्यवस्था उदार भएपनि राज्य अनुदार भएको आरोप लगाउनु भयो । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म क्रसर व्यवसायीका समस्या समाधान नहुने बताउनुभयो ।

     महासंघका केन्द्रिय कार्यकारिणी सदस्य राजेशकुमार अग्रवालले हरेक क्षेत्रले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले विगतमा क्रसर व्यवसायी र राज्यपक्षबाट केही गल्ती भएको जनाउँदै विगतका गल्ती औल्याएर अब समस्या समाधानतर्फ अघि बढ्नुको विकल्प नहुने बताउनुभयो ।

    रोडाढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवालीले राज्यले क्रसर व्यवसायीलाई न मार्ने न बाँच्ने आधार नै दिएको बताउनुभयो । रोडाढुंगा व्यवसायीले नवनिर्वाचित प्रदेश अध्यक्ष शर्मा, एशोसिएट उपाध्यक्ष दीपककुमार पौडेल तथा महासंघ केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठ र र अग्रवाललाई सम्मान गरेका थिए ।

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६