कपिलवस्तु २८ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले देशमा राजनीतिक क्रान्ति सम्पन्न भैसकेको भन्दै अब शान्तिको र विकासको बाटोमा हिड्नुपर्ने बताउनुभएको छ । देशलाई तीव्र आर्थिक विकासमा लैजानु बाहेक अरु कुनै विकल्प नभएको भन्दै सबैले त्यतातिर ध्यान दिनुपर्नेमा नेता खनालले जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं बार्षिक साधारणसभामा बोल्दै नेता खनालले अबको पत्रकारिताले समृद्धिको यात्रा तय गर्नुपर्ने बताउनुभयो । अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अब विकास केन्द्रित पत्रकारितामा जोड दिदैं मुलुकलाई समृद्धिको दिशामा लैजाने गरी कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।
पत्रकार कुनैपनि विचारको पक्षधरता हुनु हुँदैन भन्दा पनि पक्षधरता भित्र पनि निष्पक्षता खोज्न सके पत्रकारिता पेशा मर्यादित हुने कुरामा जोड दिनुभयो । कार्यक्रमा बोल्दै संघका केन्द्रिय सदस्य विपुल पोख्रेलले २१ औं शताब्दीको पत्रकारीता पेशामा दक्षता युक्त व्यवहारमा जनउपयोगी र मुल्य मान्यतामा प्रतिवद्ध किसिमको हुनु पर्ने बताउनु भयो । साथै उहाँले देशमा स्थिरता , सुसासन र समृद्धि उन्मुख बाताबरण केहि दिन यता परिवर्तित भएको भन्दै अब व्यवस्था परिवर्तनको कुनै औचित्य नरहेको बताउनु भयो ।
पत्रकार महासंघ विभिन्न चरणमा सहभागी भए पनि पत्रकारको पेशा अहिले पनि अनिश्चित रहेको बताउनु भयो । राज्यका निकायले श्रमजिवी पत्रकार ऐन निशर्त कार्यान्वयन गर्दै आम सञ्चार क्षेत्रमा यसलाई लागु गर्नु पर्ने तर्क गर्नु भयो । कार्यक्रममा बोल्दै संघका सचिव उदय जिएमले मिडिया हाउसहरुले काम गर्ने पत्रकारलाई श्रमजिवी ऐन अनुसार पारिश्रमिक दिनु पर्ने बताउनु भयो । कार्यक्रममा संघका केन्द्रिय सदस्य एवं प्रदेश ५ का इन्चार्ज बसन्त गिरीले संख्यात्मक रुपले पत्रकारहरुको वृद्धि भएकोले अबका दिनमा गुणात्मक रुपले वृद्धि गर्नु पर्नेमा जोड दिनु भयो । श्रमजिवी ऐन अनुसार पारिश्रमिक दिन नसक्ने मिडिया हाउसहरु खोल्नुको कुनै औचित्य नरहेको उहाँले औल्याउनु भयो । कार्यक्रममा संघका जिल्ला अध्यक्ष डिलाराम भुषालले जिल्लामा महासंघको संस्थागत विकास भएको बताउनु भयो ।
जिल्लाका ३ स्थान कपिलवस्तु नगरपालिका , वाणगंगा र वुद्धभुमि नगरपालिकामा आफ्नै भवन भैसकेको र अब शिवराजमा पनि भवनका लागि पहल गरिने बताउनु भयो । संघको कार्य समितिले पत्रकारीताको विकासको लागि काम गरेको उहाँले जनाउनु भयो । कार्यक्रममा सचिव हरि अधिकारी र कोषाध्यक्षको दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । संघका उपाध्यक्ष पार्वती पाण्डेको स्वागतमा भएको कार्यक्रममा वाणगंगाका मेयर मंगल प्रसाद थारु , वुद्धभुमिका मेयर केशव कुमार श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी दृघनारायण पौडेल , नेपाल पत्रकार महासंघका प्रदेश सदस्यहरु नन्दराम पौडेल , मनोज श्रीवास्तव , संघका पुर्व अध्यक्ष भेषराज पाण्डे , मनोज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस्तै साधारण सभाले पत्रकारको हक हितमा ११ वुँदे घोषणा पत्र जारी गरेको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले विश्वभरीनै महामारीको रुपमा फैलिएको कोभिड १९ को समयमा बिभिन्न माध्यमद्धारा सूचना संप्रेषण गर्नका लागि सम्पर्क समन्वय र सहकार्य गर्ने बिभिन्न संघ संस्था, स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु प्रति यो सभा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ । पत्रकारीताका क्षेत्रका बिभिन्न असहजताका बावजुत पनि संचार गृहको दिगो व्यवस्थापन र निरन्तरताका लागि स्थानीयतहरुसंग समन्वय र सहकार्य गर्न नेतृत्व समक्ष जोडदार माग गरेको छ ।
जिल्लाका श्रमजिवी संचाकर्मीहरुको न्यूनतम पारिश्रमिक प्राप्त गरे नगरेको अनुगमन र त्यसको विवरण तथ्याङ्क अध्यावधिक गर्नु पर्नेमा सभाले जोडदार माग गरेको छ । श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन गर्दै श्रमजिवी पत्रकारहरुलाई तोकिएको सेवा सुविधा उपलब्ध गराउन सम्वद्ध पक्षसंग माग गरेको छ ।जिल्लामा सकृय संचाकर्मी पत्रकारहरुले आफ्ना संचारमाध्यमहरुद्धारा पेशागत मर्यादा र दायित्वलाई आत्मसाथ गर्दै संचार आचारसंहिताको पालना सहित समाचार र सूचना संप्रेषण गर्न , जिल्लामा संचालित संचार गृह र मिडिया हाउसको दिगो विकास, पेसागत ग्यारेन्टी र आर्थिक श्रोत र पहुँचका लागि राज्यका हरेक सूचना समानुपातिक रुपमा वितरण हुनु पर्ने बताइएको छ ।
संचार माध्यमहरुमा लैगिंक, अपागतांमैत्री मर्यादित शब्द, समावेशी बातावरण तैयार गरि सहजताका साथ कार्य गर्ने वातवरण सृजना गर्न र हाल संख्यात्मक रुपमा संचारमाध्यम पत्रकार र संचाकर्मीको विकास भईरहेको छ, त्यसैरी नै गुणात्मक क्षमता विकास र कार्ययोजना निमार्ण गर्न माग गरेको छ ।
कपिलवस्तु जिल्लाका पुरातात्विक र पर्यटकिय स्थलहरुको प्रचार प्रसार र संरक्षणका लागि संचारकर्मीहरुको सहभागितामा स्थानीय तहकै कार्ययोजना आउने गरि कपिलवस्तु विकास कोष गठनका साथै जिल्लाबाट संचालित अनलाईहरुलाई अनिवार्य सूचिकृत गर्ने र समाचार शैलीमा प्रकाशन र प्रशारण भएका बिज्ञापन बन्द गराउन माग गरिएको छ । प्रकोप, विपत र महामारीका समयमा आवश्यक पर्ने सार्बजनिक संरचनाहरु पालिका स्तरमै निमार्ण, संरक्षण र व्यपस्थापनको प्रबन्ध मिलाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया