अर्थ-वाणिज्य

चिसोले जनजिवन प्रभावित ,विद्यार्थीलाई सुइटर बाड्न पुगे जनप्रतिनिधी



कपिलवस्तु २९ पुस ।एक्कासी बढेको चिसोले कपिलबस्तु लगायततराईको  जनजिवन प्रभाबित भएको छ । कपिलबस्तु सहित तराईका जिल्लामा  बढेको अत्याधिक चिसोले गरिब विपन्न परिवारको दैनिकी कष्टकर बन्दै गएको छ । कपिलवस्तुको बाणगंगा वडा नम्बर ७ ले  जनज्योति माबि मोतिपुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई न्यायो स्विटर वितरण गरेको छ ।


     मंगबार एक कार्यक्रमका आयोजना गरि २ सय ७ जना बिद्यार्थीहरुलाई बिद्यालयको लोगो सहित स्विटर वितरण गरेको वडा अध्यक्ष बिष्णु गिरीले बताउनुभयो । गत बर्ष वडा भित्र रहेका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने ९ सय ७५ जना बिद्यार्थीहरुलाई पनि न्यायो स्विटर वितरण गरिएको उहाँको भनाई छ । 

    यता सामाजिक सेवा समुहले न्यानो कपाडा वितरण गरि उदाहरणिय कार्य गरेको छ । सामाजिक सेवा समुहले जिल्लाको वाणगंगा नगरपालिका वडा नं ४ मा रहेको वाणगंगा माविका सुस्त मनस्थिति र अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रमको आयोजना गरि  न्यानो कपडा वितरण अभियानको सुभारम्भ गरिएको समुहले जनाएको छ ।  

प्रकाशित : २९ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६