बुटवल २९ पुस । माघी लुम्विनी प्रदेशवासी सबैको साझा पर्व भएको मुख्यमन्त्री शंकर पोखरेलले वताउनु भएको छ ।माघे संक्रान्ति र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले राखेको माघी मिलन कार्यक्रममा संवोधन गर्दै यस्तो वताउनु भएको हो । मुख्यमन्त्री शंकर पोखरेलको निजी निवासमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा प्रदेशका जनप्रतिनिधिहरु, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवीलाई निम्तो गरिएको छ। माघी र माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिएको छ । लुम्बिनीमा बिहीबार र शुक्रबार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले वैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर दुई दिन बिदा दिइएको जानकारी दिए । लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया र रुपन्देहीमा माघी मनाउने थारु समूदायको बसोबास धेरै छ । माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशका विभिन्न तीर्थस्थलहरुमा संक्रान्ति मेला लाग्दैछ ।
यसैबिच कार्यक्रममा बोलदै माघी पर्व लुम्बिनी प्रदेशको साझा पर्व भएको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । मुख्यमन्त्री पोखरेलले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर पर्वमा समेत परेको हुनाले महामारीबाट जोगिएर उल्लाहासका साथ माघी पर्व मनाउन पनि आग्रह गरेका छन् । साथै लुम्बिनी प्रदेश सांस्कृतिक विविधतायुक्त प्रदेश भएको पनि मुख्यमन्त्रीले बताएका छन् ।
प्रतिक्रिया