प्रदेश

अर्थमन्त्री पौडेलले जनस्तरको लगानी र प्रतिफलको ठूलो अवसर प्रष्टाए



रुपन्देही १ माघ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा जनस्तरवाट ठूलो लगानी र प्रतिफलको  अवसर उर्जाक्षेत्रमा रहेको वताउनु भएकोछ ।उहाले यो उर्जा उत्पादनसंग जोडिएको सवाल बनेको स्पष्ट पार्नु भएको छ । उहाले छरिएको पूजीलाई एकिकृत गरेर उत्पादनमुलक काममा लगाएर भिजन लुम्बिनी कम्पनी लिमिटेडले अनुकरणीय अभ्यास गरिरहेको बताउनु भएको छ ।

     झण्डै एक हजार जनाको समूहिक लगानीमा स्थापना भएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारण सभाको  उद्घाटन गर्दै उहँले भिजन लुम्बिनीले वित्तिय क्षेत्रमा सह्रानीय काम गरेको उल्लेख गर्नुभयो । बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै थोरै पुजी संकलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमुना भएको उहाले बताउनुभयो । 

    नौ क्षेत्रमा काम गर्नेगरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेघावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जलविद्युत आयोजनाको काम गुणस्तरीय र तिव्र रुपमा भइरहेको थाहा पाएको बताउदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना पनि दिनुभयो । त्यस्तै उर्जा मन्त्री टोपबहादुर रायमाझीले विद्युत खपत बढाउन सवैलाई आह्वान गर्नुभएको छ ।

    अहिले विद्युतको उत्पादन धेरै हुदै गएकाले तत्काल विद्युतको खपत बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको हो । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले संस्थाको गरिमा बढाउन आफ्नो टीम दत्तचित्त भएर अभियानमा लागेको बताउनुभयो । 

प्रकाशित : १ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६