अर्थ-वाणिज्य

जन्मदर्ता लिन स्थानीय सरकारले राख्यो नयाँ मापदण्ड



कपिलवस्तु १ माघ ।कपिलवस्तु नगरपालिकाले जन्म दर्ताको प्रमाण पत्र बनाउनका लागि खोप कार्ड अनिवार्य गरेको छ । नगरपालिकालाई आउने बैशाख भित्र पुर्ण खोपयुक्त घोषणा गर्ने अभियानलाई सार्थकता दिन कपिलवस्तु नगरपालिकाले खोप कार्ड नबनाई जन्म दर्ता प्रमाण पत्र बनाउन रोकेको हो । खोप कार्ड नभए बच्चाहरुले पाउदै आएको प्रोत्साहन भत्ता समेत नदिने निर्णय गरिएको हो ।

     जन्मे देखि १५ महिना सम्मका बच्चाहरुको जन्म दर्ता बनाउदा खोप कार्य अनिवार्य गरिएको मेयर किरण सिंहले बताए । नगरपालिकालाई पुर्ण खोपयुक्त घोषणा गर्ने अभियानलाई सार्थकता दिन अर्को सुचना जारी नहुदा सम्मका लागि जन्म दर्ताका लागि खोप कार्ड अनिवार्य गरिएको उहाको भनाई छ ।

प्रकाशित : १ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६