कपिलवस्तु १माघ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्राचिन कपिलवस्तु अर्थात तिलौराकोटले अवको केहि वर्षभित्र सिंगो राष्ट्रलाई पाल्न सक्ने वताउदै नेपालले विश्वस्तरका वित्तिय निकायसंग सहयोगका हात फैलाउन नपर्ने वताउनु भएको छ। उहाले विश्वभरका १ प्रतिशत बौद्धमार्गीहरु कपिलवस्तुको तिलौराकोट आउन शुरु गर्दाकै दिनवाट यसले देशको अर्थतन्त्रको मेरुदण्ड बन्ने स्पष्ट पार्नु भयो । कपिलवस्तुको सदरमुकाम तौलिहवा मधेसको नम्वर एक समृद्ध राजधानी बन्न सक्ने आधार तिलौराकोटले देखाएको भन्दै त्यसकालागि प्रधानमन्त्री केपि ओलीको ध्यानाकृष्ट गराउने आश्वासन दिनु भयो ।
उहाले भगवान गौतम बुद्धका पिता राजा शुद्दोदनको राजधानी तथा बुद्धले २९ वर्र्ष बिताएको ठाँउ प्राचीन कपिलवस्तु तिलौराकोट दरबारमो अवलोकन गर्नु भएको छ । मन्त्री ढकालले अवलोकनका क्रममा राजा शुद्दोदनको राजदरवार, दरवार क्षेत्र उत्खनन् गरिएका पुर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरवार क्षेत्र भित्रका उत्खनन् भएका स्थानहरु साथै कपिलबस्तु संग्राहलयमा समेत अवलोकन गर्नु भएको हो ।
तिलौराकोट दरबारमा पहिलो पटक आएका मन्त्री ढकालले प्राकृतिक मनोरम र ऐतिहसिक पक्षलाई उजगर गर्न सकियो भने योे क्षेत्रलाई देश भित्र स्थापित गर्न,अपनत्व बोध गराउने र बाह्यपक्षलाई यो क्षेत्रको महत्व बुभाउन सक्यौ भने हाम्रो पुर्खाहरुले गरेका योगदानले हामीलाई अझै अगाढी बढाउने प्रेरणा दिइएको बताउनु भएको छ ।
मन्त्री ढकाललाई प्राचीन कपिलवस्तु र तिलौराकोट दरवार क्षेत्रका बारेमा लुम्बिनी बिकाश कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले पथ प्रर्दशन गर्नु भएको थियो । भगवान गौतम बुद्ध जन्मेको लुम्विनी र २९ वर्र्ष बिताएको ठाँउ कपिलबस्तु स्थित तिलौराकोट दरवार क्षेत्र अवलोकन कै क्रममा मन्त्री ढकाललाई कोषका उपाध्यक्ष त्रिपाणीले तिलौराकोट दरबारको महत्व र बिभिन्न साईटका गुरु योजनाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया