बुटवल १ माघ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको योजनाबद्ध विकास, भाषा सस्कृति प्रवद्र्धन ,उत्पादन र रोजगारी अभिबृद्धिको स्पष्ट खाका निर्माण र कार्यान्वन जस्ता कुराले प्रदेश सरकारको अपरिहार्यता पुष्टि भएको वताउनु भएको छ । उहाले संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताउनु भएको छ ।
माघीपर्वको अवसरमा दिएको शुभकामना सन्देशमा उहाले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारको भूमिकाले यसको अपरिहार्यता क्रमश पुष्टि हुदै गएको उहाले वताउनु भएको छ ।
उहाले शुभकामना सन्देशमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीपर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको बताउनुभएको छ । उहाले मकर सङ्क्रान्ति तथा माघीपर्व विविधतायुक्त नेपाली समाजमा ठूलो पर्वको रूपमा मनाउने गरिएको उल्लेख गर्नुभएको छ् । माघीपर्वलाई थारू, मगर, छन्त्याल लगायत अन्य समुदायले निकै महत्वका साथ मनाउँदै आएकाले पर्वको निकै महत्व रहेको उहाले बताउनुभएको छ ।
उहाले सरकार सञ्चालनका लागि अनेक अप्ठ्यारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक रहेको जनाउँदै लोकतन्त्रमा चुनाव अनिवार्य शर्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटन भई मुलुक चुनावी अभियानमा अघि बढेकोले घोषित चुनावलाई सफल बनाउन मिलेर अघि बढ्न आह्वान समेत गर्नुभयो ।
प्रतिक्रिया