दाङ १ माघ ।राप्ती नदिमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला घाटमा नुहाउने क्रममा बेला निवासी करिब २७ बर्षिय प्रदिप चौधरी वेपत्ता भएको प्रहरीले जनाएको छ । माघे संक्रान्तिको अवसरमा राप्ती किनारमा बनभोज सहित खान गएकाबेला नुहाउन भनी खोलामा पसेकापछि थिए चौधरी वेपत्ता भएका थिए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरुले उनको खोजीकार्य गरिरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए ।
यता आफ्नै छोराको कुटपिटबाट अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क १ तुमकोट निवासी ५५ बर्षिय हिरा कुमारी सार्कीको आफ्नै कान्छो छोराको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक रामनारायण गुप्ताले बताउनुभएको छ ।
बुधबार साँझ सगै बसेको कान्छो छोरो मासु लिएर आउछु , मासु पकाएर मात्रै खाना खाँउला भनेर मासु लिन बजार गएको छोरो माधव पदार्थ सेवन गरि घर फर्किदा घरमा रहेका बुवाआमालाई किन खाना नपकाएको भन्दै धम्काउदै खाना नपकाएको न्युमा बृद्धअबश्थामा रहेका बुवा आमालाई २३ बर्षिय जवान छोरो बिमल नेपालीले घरेलु हतियारले कुटपिट गर्दा आमाको ज्यान गएको प्रहरी सुचना अधिकारी गुप्ताले बताउनुभयो ।
६१ बर्षिय पितालाई पनि अभियुक्त कान्छोछोराले पलाष्टिकको पाईपले ३/ ४ पटक हानेपछी उनी ज्यान बचाउन बाहिर भागेका थिए । अभियुक्त २३ बर्षिय बिमल नेपालीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया