जीवनशैली

ऐतिहासिक भूमी हथौसामा माघि महोत्सवको आजवाट शुभारम्भ



कपिलवस्तु २ माघ । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाएका छन । सूर्य उत्तरायण प्रवेश गर्ने दिन थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । माघि पर्वको अवसर पारेर थारु समुदायले कपिलवस्तुका बिभिन्न स्थानमा बिबिध कार्यक्रमका साथ माघा पर्ब मनाएका छन ।

    यसैबिच हम्मनके भाषा भेष भुषा और राष्ट्रके सान संरक्षण संर्बधन और प्रवर्धन कैना हम्मनके अभियान भन्ने मुल नाराका साथ थारु कल्याणकारिणी सभा वाणगंगा नगरसमितिको आयोजनामा यहि माघ २,३ र ४ गते हथौसा मेला स्थल वाणगंगा ११ हथौसामा तेस्रो वाणगंगा नगरस्तरिय माघी खिचडी महोत्सव तथा नव वर्ष २०७७ कार्यक्रम सञ्चालन हुँदैछ । सोहि सन्दर्भमा महोत्सव मुल आयोजक समितिका अध्यक्ष भग्गु प्रसाद थारुले यो महोत्सव कपिलवस्तुको गौरवको रुपमा रहेको वताउनु भएकोछ। 

    भुमिपुत्र मुल आदिवासी जनजाति समुदाय मध्ये साँस्कृतिक रूपमा विश्वकै धनी थारु समुदाय रहेको पाइन्छ । यतिबेला थारु समुदायमा थारु पहिचान झल्कने नाचगानले थप रौनकता छाएको छ । करिव १ महिना अगाडीदेखि नै थारु समुदायमा माघी पर्वको तयारी गर्ने गर्दछन् । यस बखत थारु बस्तीमा माघको रौनकताले हर्सोल्लास थपेको छ । थारु समुदायले माघ महिना र माघी पर्वलाई नयाँ वर्षको रुपमा समेत मनाउँदै आएका छन् ।

     चिसो मौसमसँगै भित्रिएको माघ महिना र अझै भनु न माघ महिनासँगै आगमन भएको थारु समुदायमा महान माघी पर्वको रौनक जुन अहिले उक्त समुदायको झण्डै देशैभरिका गाउँघरको चोक चौराहमा माघी पर्वको गीत गुन्जी रहेको साथै कला संस्कृतिले मञ्च रंगिन समेत हुने गर्दछ ।थारु समुदायको दशैं पछिको ठूलो पर्व हो । माघी पर्वसँगै नयाँ कामको सुरुवात हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेको स्थानीय थारु अगुवाहरू बताउँछन् । प्राचीन कालमा थारुहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ ।

    वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय हो । माघे संक्रान्ति तसर्थ माघमा थारु समुदायमा घर बाँडफाड गर्ने, जग्गा अधिया लगाउने या नलगाउने, बर्षभरीको समिक्षा र आगामी दिनको योजना समेत माघीमा बनाउने गरेको पाइन्छ । यसैगरी थारु बस्तीमा साँझा–साँझा थारु पहिचान झल्कने थारु नाच गान गाई रमाउने चलन रहेको छ । थारु समुदायमा एक महिनादेखि यस्तै रौनक र माघ महिनाभरी नाच गान गर्ने चलन चल्दै आएको छ ।

    सो समुदायले बनाउने हरेक चाँड, पर्व मध्ये माघी विशेष अनि मुख्य पर्वको रूपमा पुस्तौ देखि मनाउँदै आाएको थारु अगुवा बताउँछन् । वर्तमान समयसापेक्ष विश्व नै कोभिड–१९ सँग संघर्ष गरिरहेका समय विगतका जस्तै भव्य मेला महोत्सव भन्न र गर्न सकिने परिस्थिति त छैन् । तर पनि थारु बहुल्य रहेको क्षेत्रमा आफ्नो मौलिक सांस्कृतिक पहिचान, सम्बर्द्धन र संरक्षणका लागि साँस्कृतिक कार्यक्रमहरु आयोजन गरि माघी पर्व मनाउने थारु समुदाय जमर्कोमा जुटेको थारु समाजिक अभियान्ताहरुले बताएका छन् ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६