प्रदेश

नेकपा बुद्धभुमिद्धारा केन्द्रिय सदस्यहरुलाई स्वागत



कपिलवस्तु २ माघ ।नेकपा बुद्धभुमि नगर कमिटिको आयोजनामा केन्दिय कमिटिका सदस्य तथा जिल्ला कमिटिका सदस्यहरूलाई स्वागत कार्यकरम बुद्धभुमि  नपा १ पथ्थरकोटमा सम्पन भयो । नेकपाको महाधिवेशन आयोजक कमिटमा मनोनित भएका केन्द्रिय कमिटका सदस्य र हालै जिल्ला अबिधेशन आयोजक समितिमा मनोनित भएका बुद्धभुमि नगरपालिका भित्र रहेका सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा अविनन्दन गरिएकोछ । 

    स्वागत कार्यक्रममा केन्द्रीय कमिटिका सदस्य बलराम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरि ताजा जनादेशमा जाने कुरा स्वागत योग्य भएको भन्दै पाटी भित्र घेरावन्दी गरि कामै गर्न निदिए पछि बाध्य भएर विघटन गरेको बताउनु भएको छ । यस्तै जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्यझविलाल पोखरेल अव डटेर सरकारले गरेका राम्राकामको जनतासगं जानकारी गराउदै निर्वाचनका लार्गी गाउगाउमा गई निर्वाचनको माहोल बनाउन समेत आग्रह गर्नु भएको थियो । 

    अन्य केन्द्रिय सदस्य डम्वर शर्मा ,कृष्ण पौडेल,बाबुराम खनाल,विश्राम चौधरी, जन्जिर चौधरी,अनेरास्ववियुका केन्द्रिय सदस्य विकास आर्चाय लगाएतका नेताहरुले पाटीलाई पहिलो न पाटी बनाउन सबै एकजुट भएर जनतामा जाने बताएका थिए । स्वागत कार्यक्रमामा  नेकपा प्रदेश सल्लाहकार ईन्द्रमणि पौडेल ,प्रवास समिति सदस्य टेकराज पौडेल ,बुद्धभुमि नपाका इन्चार्ज पिताम्बर खनाल लगाएतले संवोधन गर्नु भएको थियो ।

    कार्यक्रममा नगर अध्यक्ष देवि बेलवासेको अध्यक्षता र जिल्ला कमिटि सदस्य नरहरि भट्टराईको संचालनमा कार्यक्रममा सम्पन्न भएको थियो कायृक्रममा करिव ८० जना नेता तथा कार्याकताको सहभागीता रहेको थियो । 

प्रकाशित : २ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६