पर्यटन

रेल र सडकको मात्र होइन बिधुत प्रसारण लाईनको नाका खोलौं : मन्त्री रायमाझी



कपिलवस्तु २ माघ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीले तत्काल अन्तरदेशिय बिधुत प्रसारण लाइन निमार्ण प्रकृया अगाडी नवढे ५ सय मेघा बाट बिद्युत खेर जाने बताएका छन । कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ घन्चौराको ३३/११ के.भी बिद्युत सव स्टेशनको उद्घाटन गर्दै मन्त्री रायमाझीले रेल र सडकको नाका मात्र नखोली बिद्युत प्रसारण लाइनको नाका खोल्नु पर्नेमा जोड दिए ।

    ‘ नेपालमा बिद्युत उत्पादन निर्यात गर्न सक्ने अवस्था आउन लागेको छ । नजिकको बजार भनेको भारत र चिन हो । त्यहाँ बिद्युत बिक्रीका लागि ट्रान्समिसन लाईन बनाउन पर्ने आवश्यकता रहेको छ ’ उनले भने । खास गरी गण्डकी , कोशी र कर्णाली बेसिनबाट बिद्युत उच्च मात्रामा उत्पादन हुने भएकोले यी ठाउमा हुदै ट्रान्समिसन लाईन बनाउने बताए । मन्त्री रायमाझीले लोड सेढिङ हटाउनका लागि आफु अघिल्लो पटक उर्जा मन्त्री भएको बेलामा कामको चर्चा गरेका थिए । लोडसेढिङ हटाउनका लागि बिज्ञहरुको सहयोगमा ९९ बुँदे योजना बनाईएको र त्यही योजना कार्यान्यन हुँदा लोड सेढिङ अन्त्य भएको दाबी गरे । 

    पहिलेको कार्यकालमा वर्षै देखी अलपत्र परेको गोरखपुर मुज्जफपुर प्रसारण लाईन निर्माण सम्पन्न भएका थिए । सव स्टेशन निर्माण गर्ने योजना र समुध्घाटन समेत आफ्नै कार्यकालमा भएको देख्दा खुसी ब्यक्त गरेका थिए । मन्त्री रायमाझीले राष्ट्रहितको विपरीतका बुँदा भए संसोधन गरेर भए पनी एम.सी.सी पास गर्नु पर्ने थपे । ‘ दश वर्ष अगाडी देखी बनेका सरकारले एम.सी.सी राम्रो भन्दै आए पनी यस पटक बिवादमा परेको छ । 

    एम.सी.सी.ले मुख्य रुपमा सडक र बिधुत प्रसारण लाईनको क्षेत्रका लगानी गर्छ । गण्डकी वेसिनबाट उत्पादन भएका बिद्युत बिक्री गर्नका लागि त्रिसुली देखी भैरहवा हुदै भारतमा बिक्री गर्ने योजना रहेको छ । उक्त प्रसारण लाइन बनाउन एम.सी.सी.ले लगानी गर्ने भएकोले बिद्युत खेर जान नदिन भए पनी एम.सी.सी. को विषयमा चाडै निक्यौल गर्नमा जोड दिए । 

प्रकाशित : २ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६