कपिलवस्तु, २ माघ ।नेपाली काँग्रेस पार्टीकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले प्रधानमन्त्री केपि ओलीले गरेको संसद विघटनको विरुद्ध कम्युनिष्टसंग मोर्चाबन्दीमा आन्दोलनमा जानु कांग्रेसकालागि धोकापूर्ण हुने वताउनु भएको छ । उहाले सत्तामा पनि कम्युनिष्ट सडकमा पनि कम्युनिष्ट हुने शैली प्रति टिप्पणी गर्दै भन्नु भयो आफ्नै सत्ता विघटन भएर सडकछाप बनेकाहरुसंग के का लागि सहकार्य भन्ने प्रश्न गर्नु भयो ।
उहाले ओली नेतृत्वको सरकारले प्रतिनिधीसभा बिघठन गरेर असंबैधानिक कार्य गरेको बताउनु भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ संग्रौलाले सो बिचार व्यक्त गर्नु भयो । असंबैधानिक रुपमा गरिएको प्रतिनिधीसभान संसद बिघठनको बिरुद्ध पार्टीले वडास्तरको बिरोध अगाडी बढाएको स्पष्ट पार्दै काँग्रेसले संबिधानको रक्षालाई प्राथमिकतामा राखेको बताउनु भयो । संसद बिघठन गर्न नपाउने बिषयमा पुर्व सभामुख सुवास नेम्वाङ्ग र महान्याधिवक्ता अग्नि खरेलले केहि समय राखेको बिचारको भिडियो अहिले चर्चामा आउनुले सो कार्य असंबैधानिक भएको प्रष्टिएको संग्रौलाको जिकीर थियो ।
संसद बिघठनले संबिधान, लोकतन्त्र र गणतन्त्र माथी प्रहार भएको वहाँको भनाई थियो ।संबिधानको संरक्षणको जिम्मेबार राष्ट्रपति रबर स्ट्याम्प भएको उहाँको भनाई छ । काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षपाती रहेकाले संसद बिघठन सर्वोच्च अदालतको संबैधानिक ईजलासमा बहसको बिषय बनेको सो बहस संबिधानलाई टेकेर होस भन्ने पार्टी मान्यता रहेको वहाँको भनाई छ । सर्वोच्च अदालतको कोटमा बल रहेको स्पष्ट पार्दै सर्वोच्च अदालतले गरेको निर्णय काँग्रेसलाई मान्य हुने संग्रौलाले स्पष्ट पार्नु भयो । आन्दोलनमा कम्युनिष्ट सँग सहकार्य नहुने बताउदै अदालतले संसद पुर्नस्थापन गरे पनि मान्य हुने र निर्वाचन हुने भए पनि निर्वाचनमा होमिने उहाँले बताउनु भयो ।
युनियन उपाध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष खग प्रसाद चापागाईको स्वागत र सदस्य कमला सापकोटाको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका पुर्व केन्द्रिय सदस्य दिप कुमार उपाध्याय, आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, पुर्व पार्टी सभापति राजेश आचार्य, पुर्व पार्टी सभापति सुधाकर पाण्डेय, प्रदेशसभा साँसद रिना बिक, पार्टी नेतृ बिमला गैह्रे, बिष्णु पाण्डे, युवा नेता राजेश ज्ञवाली, प्रकाश घिमिरे लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया