ब्रेकिंग न्युज

प्रचण्डको घोषणा टाउको फुटाउन तयार हुने गरी आक्रमक आन्दोलन गर्ने



काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आक्रामक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आक्रामक आन्दोलनमा उत्रिन निर्देशन दिएका हुन् । उनले आन्दोलनको अग्रभागमा आफू पनि रहने बताएका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुसँग सेटिङ मिलाएको दाबी गर्दै त्यसलाई भत्काउन सशक्त आन्दोलन गर्नुपर्ने बताएका छन् । उनले भने, ‘मैले अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहेको होइन, तर केपीका मान्छेहरुले सूर्य चिन्ह पनि हाम्रै हुन्छ । पार्टी पनि हाम्रै हुन्छ भन्नुले उनीहरुले सेटिङ मिलाइसकेको भनेर शंका गर्न किन नपाउनु ?

    प्रचण्डले प्रतिगमनलाई परास्त गर्न सम्पूर्ण शक्ति लगाउन आग्रह गरे । ‘म तपाईंहरुको टाउको जोगाउन आफ्नो टाउको फुटाउन तयार छु,’ उनले भने, ‘नेपाललाई प्रतिगमनतिर लैजान कुनै पनि शक्तिले सक्दैन । हामी दिँदैनौं ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भने, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’

प्रकाशित : ४ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६