प्रदेश

पसल जादै गरेकी ५ बर्षिय वालिका बलात्कृत,२८ वर्षीय युवक पक्राउ



बुटवल ४ माघ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकीछन्  । घरबाट पसल जादैँ गरेकी बालिकालाई २८ वर्षीय युवकले बलात्कार गरेका हुन् ।घटना माघेसंक्रान्तिको दिनको हो । प्रहरीले बलात्कार गर्ने युवकलाई पक्रेको छ । अभियुक्त कपिलवस्तु बाणगंगा वडा नं ११ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विक रहेका छन् ।

    बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागि आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको छ । बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

अपराह्न ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ७।४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई गम्भिर अवस्थामा फेला पारेको थियो । मुखमा चोटपटक लागेकी बालिकाको गम्भिर अवस्थामा काठमाडौँ टिचिङ अस्पतालमा उपचार भैरहेको छ । बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि पठाए पनि उपचार हुन नसकेपछि काठमाडौँ वीर अस्पताल पठाइएको थियो ।

    वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि टिचिङ अस्पताल रिफर गरिएको हो ।शनिबार बिहान शल्यक्रियापछि बालिकाको अवस्था अहिले केही सुधारउन्मुख रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित : ४ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६