ब्रेकिंग न्युज

गुल्मीमा मृत अवस्थामा फेला परेका व्यक्तिको हत्या भएको आशंका



गुल्मी ५ माघ । गुल्मीमा मृत अवस्थामा फेला परेका एक व्यक्तिको हत्या भएको आशंका प्रहरीले गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका(१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक शनिवार मृत अवस्थामा फेला परेका थिए ।मृतक बिकको शव पोष्टमार्टम रिपोर्टपछि छातीमा ४ वटा ठाउँमा भरुवा बन्दुकका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरवार गाउँपालिकाको वडानम्बर(१ को बरेवाखोलामा मृत अबस्थामा फेला पारेको थियो ।

मृतक विकको छातीमा ४ ठाउँमा चोट लागेको छ । मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । तर कस्ले किन हान्यो भन्ने बारे खुलेको छैन् ।कसैले बन्यजन्तु शिकार गर्दा विकलाई लागेको हो या अरु कुनै कारण बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पाण्डेले बताए । बिकको शब आइतवार गुल्मी अस्पतालमा पोष्ट मार्टम गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित : ५ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६