प्रदेश

प्रदेशसभाको यो अधिवेशन :झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सीहरु



विराटनगर ५ माघ । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ ।यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ । संसद विघटनसँगै फुटेको नेकपाको प्रचण्ड(माधव समूहले ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।दुवै समूहले एकअर्को समूहमा लागेका प्रदशेसभा सांसदलाई कारबाही गरेकाले प्रदेशसभाको यो अधिवेशन सहज नहुनसक्छ । त्यसलाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले १० जना मर्यादा पालक थप गरेको छ ।

प्रदेश सचिव गोपालप्रसाद पराजुलीका अनुसार यसअघि ४७ जना मर्यादापालक थिए ।यस्तै सांसदहरु बस्ने कुर्सीलाई झिक्न (उचाल्न) नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरिएको छ । प्रदेशको राजधानीको विषयबारे निर्णय गर्ने बेला प्रदेश ५ मा केही सांसदहरुले कुर्सी तोडफोड गरेका थिए । त्यस्तो अवस्था आए कुर्सी उचाल्न नमिलोस् र सांसदहरु बस्दा नहल्लियोस् भनेर वेल्डिङ गरिएको हो ।

प्रकाशित : ५ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६