प्रदेश

डेढवर्षदेखि शिक्षक नियुक्ती नहुँदा पढाइ प्रभावित : ६ किलो मिटर पैदल हिंडेर विद्यार्थीद्वारा प्रर्दशन



कपिलवस्तु ६ माघ  ।राजनैतिक खिचातानी ले शिक्षक नियुक्ती नभए पछि कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ रनगाईका विद्यार्थीले विरोध प्रर्दशन गरेका छन् । एक वर्ष देखी गणित र अंग्रेजी बिषयका विहिन भए पछि वडा कार्यालय र विद्यालयमा ताला वन्दी गरेका छन् । विद्यालयमा ४ जना शिक्षकको अवकास पछि दरवन्दी खाली रहेको छ । जसका कारण वालवालिकाको पढाइ समेत प्रभावित बन्दै आएको थियो ।

    सोमवार तालावन्दी गरे पछि उनीहरु तत्काल विद्यालय व्यवस्थापन समिति गठन गरी शिक्षक नियुक्तीको माग राख्दै नगरपालिकामा डेलिकेशन समेत गएका छन् । रनगाई देखी ६ किलो मिटर पैदल हिंडेर नगरपालिकाको कार्यालय पुगेका थिए । कार्यालय पुगे पछि गेट वाहिर नारावाजी समेत गरेका थिए ।

    विद्यालयमा राहत दरवन्दीको मा.वि तहका अंग्रेजी र गणित र स्थायी दरवन्दी निमावी अंग्रेजी र प्रावि शिक्षक १ जना रिक्त रहेका छन् । विद्यालयले व्यवस्था पन समिति गठनका लागि अगिल्लो व्यवस्थापन समितिले माघ बाट प्रयास गरेको थियो । हाल सम्म ३ पटक विद्यालयले भेला गरेको थियो । विद्यालयले सहमतीको लागि प्रयास गर्दा धेरै आकाछी भए पछि सहमती नहुने संकेत देखिएको थियो । तिन पटक भेला डाक्दा एक पटक मात्र बहुमत पुगेको थियो । तर विद्यालय प्रशासनले चुनावी प्रकृया अगाडी वढाउनको साटो भेला नै स्तगित गरीएको थियो ।

 कांग्रेस र नेकपा विच हानथाप :

    उक्त विद्यालय वर्षै देखी कांग्रेसको विरासत भएको विद्यालयको रुपमा मानिदै आएको छ । पुर्व सिंचाई राज्य मन्त्री तथा नेपाली कांग्रेस कपिलवस्तु सभापती सुरेन्द्रराज आचार्यको गृह नगरीको विद्यालय समेत भएको हुँदा कांग्रेसले आफ्नो प्रभाव जमाउन खोज्दै आएको छ । स्थानीय निर्वाचनका नेकपा ( साविक नेकपा एमाले) तर्फका उम्मेदवार गाविन्द प्रसाद आचार्य वडा अध्यक्षमा निर्वाचित भए पछि उक्त विद्यालय भित्र कांग्रेसको दवदवा तोडन चाहन्छन । जसका कारण व्यवस्थापन समिती गठन हुँन सकेको छैन । 

    विद्यालय प्रशासनले पुसको अन्तिम साता अचानक भेला आयोजना गरेको थियो । वडा अध्यक्ष कार्यालयमा नहुँने मौका छोपि भेलाको आयोजना गरे पछि थप विवाद चुलिएको थियो । नगरपालिकाले शिक्षा ऐन निमार्ण गर्दा तिन पटकको भेलाले समिति गठन गर्न नसकेको खण्डमा नगरशिक्षा समितिले ६ महिनाको लागि आफु खुसी मनोनित गर्न सक्ने प्राव्धान राखेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठ कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएको हुँदा चलखेल हुन सक्ने देखिए पछि स्थानीयले सहमती नभए पछि निर्वाचनमा जानु पर्ने बताए । आन्दोलनरत विद्याथी मनिशा शर्माले विद्यालयले नसके सबै विद्यार्थी मिलेर निकास दिन सक्ने बताइन ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६