अर्थ-वाणिज्य

कपिलवस्तुको स्वास्थ्य उपचारमा क्रान्ति :२५ चिकित्सक ,४ भेण्टीलेर,६ आइसियू सहित ५० बेड संचालनमा



कपिलवस्तु ६ माघ । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सेवा बिस्तार गर्दै ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहीतका कक्ष संचालनको तयारी पुरा गरेको छ । २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक संरचना , मानीवय स्रोत साधन र सेवामा  उल्लेख्य फडेको मारेको छ । 

    अस्पतालले बिशेषज्ञ सहीतका चिकित्सकहरु बढाउदै लगेको छ । अहिले अस्पतालमा २५ बढी डाक्टरहरु कार्यरत छन । तौलिहवा अस्पतालको भौतिक सुविधा  र बिरामीहरुको उपचार सेवामा उल्लेखनीय रुपमा सुधार आएको छ । अस्पतालका क्लिनीकल कोर्डिनेटर डाक्टर गणेश क्षेत्रीले १० बेडको आईसियु संचालनको अन्तिम तयारीमा पुगेको वताउनु भयो । उहाले अहिले अस्पतालमा ५०  बढी बेड संचालनमा रहेको जानकारी दिनुभयो । ८ बिशेषज्ञ, २ डेन्टल सर्जन, ११ मेडीकल अधिकृत  र १ जना एमडी रेजीडेन्ट लगायत गरी २५ जना डाक्टरहरु अस्पतालमा सेवाकालागि उपलब्ध भएको उहाको भनाइछ ।

 अस्पत्तालमा नेत्र रोग, बाल रोगको बिशेषज्ञ सेवा समेत संचालनको तयारी गरिएको छ । प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी चुस्त बनाइएको छ । यस्तै अप्रशेन थिएटर ४ वटा संचालन गर्ने तयारी गरिएको छ । ब्लड बैक, अन्ट्रासाउन्ड मेशीन २ वटा संचालन गरिदै छ । सामाजिक सेवा ईकाईहरु लैङिगक हिंसा प्रभावितलाई सेवा र नवजात शिशु स्हार केन्द्र समेत संचालन गरिनेछ ।  

  आँखा उपचार , फिजियो थेरापी, नाक, कान घाटी र डाईलासिस सेवा संचालन गर्ने तयारी रहेको मेडिलक सुप्रीटेन्डेण्ट डाक्टर किशोर बन्जाडेले बताउनु भयो । हाईड्रोशील, हर्निया, ऐपेन्डीसा  इटिस, ल्याप्रेटोपी सेवा समेत यस अघि नै अस्पतालमा संचालन भईसकेको छ । १२ करोडको लागतमा डेढवर्ष देखि अस्पताल आफनो भवनमा संचालनमा आएपछि कपिलवस्तु कै सबै भन्दा सुबिधा सम्पन्न अस्पताल भएको मेसु बन्जाडेले बताउनु भयो । 

  हामीले अस्पतालको सेवा सुबिधा बृद्धिकालागि धेरै पहल गरको छौ  बन्जाडेले भन्नु भयो अहिले अस्पतालको अवस्थामा धेरै सुधार आईसकेको छ।  बिरामीहरुले यहीबाट थुप्र्रै सेवाहरु पाउने गरेका छन। महिला अधिकारकर्मी माधुरी श्रेष्ठले अहिले अस्पतालको अवस्थामा धेरै नै सुधार आएको बताउनु भयो ।  दरबन्दी भन्दा बढी डाक्टर छन, सुबिधा सम्पन्न बनीरहेका छ, मेशीन औजार  पनि धमाधम आएका छन ’ उहाले भन्नु भयो । अब बिरामीहरुको उपचारमा निकै सजिलो हुनेछ  । 

कोरोना प्रयोगशाला संचालन हुदै :

    उता कपिलवस्तु नगरपालिका वडा नम्बर ३ कोलेनिकाको किनारमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयमा कोरोना प्रयोगशाला निर्माणको कार्य तीब्र रुपमा अघि बढेको छ । प्रयोगशाला निर्माणकालागि लुम्बिनी प्रदेश सरकारले ५० लााख बजेट बिनियोजन गरेको छ । यस्तै सांसद बुजेश कुमार गुप्ताले समेत प्रयोगशाला निर्माणकालागि संसदीय विकास कोषबाट डेढ करोड रकम उपलब्ध गराउनु भएको छ । 

    प्रयोगशाला निर्माणकालागि स्थानीय उमा पौडेलले १ लाख रुपैया दिएकी छन् । कुल १ करोड ३५ लाखमा कोरोना प्रयोगशाला निर्माण काम अन्तिममा पुगेको  छ । प्रयोगशाला निर्माणकोलागि १० वटै पालिकाले ६ लाखको दरले रकम दिने निर्णय गरे पनि अझै सम्म कहिबाट रकम नआएको मेसु बन्जाडेले बताउनु भयो ।‘प्रयोगशाला निर्माणको कामअन्तिम चरणमा पुगेको छ, अब यसको संचालनकालागि रकम आवश्यक छ ’ उहाले भन्नु भयो ।

मोतिया विन्दुको दैनिक अपरेशन :

 यता तौलिहवाको आँखा अस्पतालमा मोतिया बिन्दुको दैनिक रुपमा अप्रेशन सेवा हुने भएको छ । रण अम्बिका शाह,भैरहवा आँखा अस्पतालको चिकित्सकीय सेवा मार्फत   दैनिक रूपमा  मोतिया बिन्दु अप्रेसन र दैनिक ओ पि डि जाँच हुने  आँखा अस्पत्तालमा ब्यवस्थापक प्रशान्त कार्कीले बताउनु भयो । यस अघि हप्तामा  एक दिन मात्र अप्रेशन सेवा दिने गरिएको थियो ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६