अर्थ-वाणिज्य

ओलीले २ अपराध एकैसाथ गरेकाले क्षमा दिन सकिन्न : इन्चार्ज ज्ञवाली



कपिलवस्तु  ६ माघ । नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश लुम्बिनी ईन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिले मुलुकको लोकतन्त्र खतरामा परेको बताउनु भएको छ । नेकपा कपिलवस्तुले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई कपिलवस्तुको सिद्धार्थ क्याम्पसको सभाहलमा सम्बोधन गर्दै ईन्चार्ज ज्ञवालीले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । 

    इञ्चार्ज ज्ञवालीले देश, जनता र संविधानको रक्षाका लागि अझै पनि बलिदानी गर्न तयार रहेको बताउनु भएको छ । केपी ओलीले पहिलो अपराध कम्युनिष्ट पार्टीमा गरेको र अर्को अपराध देश, जनता र लोकतन्त्र माथि गरेको भन्दै यो क्षमा दिने खालको अपराध नभएको समेत बताउनुभयो । सबिधान बिपरित मनपरि संसद बिघटन गर्नु भनेको ओलीको नक्कली राष्ट्रबादको समेत पर्दाफास भएको उहाको भनाई छ । 

    यस्तै कार्यक्रममा बोल्दै पूर्बमन्त्री एबम स्थायी कमिटि सदस्य बर्षमान पुनले प्रधानमन्त्री ओलीले नियोजित ढंगबाट संसद बिघटन गरेको बताउनुभयो । पूर्बमन्त्री पूनले संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नरहेको र  हुँदै नभएको धारा राखेर बिघटन गरिएको उहाको आरोप छ । ओलीले जनताको सम्मृद्धि आकाँक्षा पुरा नगरेको भन्दै विश्वासको साथमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर मुलुकको अभिभारा सुम्पनु गलत भएको उहाले बताउनुभयो । 

    यस्तै कार्यक्रममा बोल्दै पूर्बमन्त्री एबम स्थायी कमिटि सदस्य चक्रपाणी खनाल बलदेबले संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले जनताको अपेक्षा विपरीत काम गरेको उल्लेख गर्नुभयो । उहाले समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाउनुभयो । 

    यस्तै कार्यक्रममा बोल्दै पूर्ब सभामुख एबम प्रदेश अध्यक्ष ओनसरी घर्ती मगरले प्रधानमन्त्री ओलीको प्रबृति फासीबादी रहेको आरोप लगाउनुभयो । पूर्बसभामुख घर्तीले नबनियुक्त भएका मन्त्रीहरु ओलीको नयाँ दास रहेको बताउदै  ओलीले ३ वर्षमा केहि उपलब्धी हासिल नगरेको बतानुभयो । उल्टो पार्टीले प्राप्त गरेका उपलब्धीलाई हत्या गरेको उहाको भनाई छ ।  

    यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य ठाकुर गैरे ,लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी ,सिद्धार्थ क्याम्पसका स्वाबियू सभापति शुसिल खत्रीले मुलुक नेकपामय भएको बेला ,समृद्धको बाटोमा लम्किरहेको बेला ओलीले लोकतन्त्रमाथि गरेको हमलाले ओलीमाथिको जनताको बिश्वासलाई घात गरेको बताउनुभयो । कपिलवस्तुका ईन्चार्ज गिरधारिलाल न्यौपानेलाई संकेत गर्दै उहाहरुले न्यौपानेले अहिले सल्लाघारी छोडेर सुन्तलाघारीमा गएको बताउनुभयो । 

    सुन्तलाघारीको फल रहदा सम्म पार्टीमा रमाएपनि जनताको नजरबाट खसेको बताउनुभयो । ओलीको संसद विघटनको कदम असंवैधानिक तथा अलोकतान्त्रिक भएको भनाई छ । कार्यक्रममा उपस्थित पार्टी कार्यकर्तालाई अब उर्जाका साथ जनताको बीचमा जान आहवान गर्दै लोकतन्त्रलाई मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । नेकपा कपिलवस्तुका सचिव बिष्णु शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गिता अन्जानले गर्नुभएको थियो । 


प्रकाशित : ६ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६