अन्तर्राष्ट्रिय

अमेरिकामा उच्च सतर्कताकै बीच ५ ठाउँमा गोली चल्यो,५ जना घाइते



काठमाडौँ ७ माघ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको अघिल्लो दिन अमेरिका ५ ठाउँमा गोली चलेको छ । सो घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यी घटना क्यालिफोर्निया र पेनसिलवेनियामा भएको जनाइएको छ । क्यालिफोर्नियाको गोलीकाण्डमा एक अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

एक सुरक्षा अधिकारीका अनुसार उक्त घटनमा एक संदिग्ध व्यक्तिको पनि ज्यान गएको छ । सेक्रमेन्टो काउन्टीका शेरिफ स्कट जोन्सका अनुसार सोमबार भएको गोलीबारीका घाइतेको अवस्था भने स्थिर रहेको छ । जोन्सका अनुसार मृत अधिकारी भने विभागमा ६ वर्षदेखि कार्यरत रहेका थिए । उनका अनुसार संदिग्ध व्यक्ति भने ४० वर्ष आसपास रहेको थियो । घटनामा सामेल भएकोहरुको भने अहिलेसम्म पहिचान भएको छैन । उता, पेनसिल्वेनियामा पनि हवाई फायरिङ भएको जनाइएको छ ।  

प्रकाशित : ७ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६