अर्थ-वाणिज्य

अव मालपोतको सेवा टोकन प्रणालीवाट,अनियमितताको चरण समाप्त : प्रजिअ



वाँके ७ माघ ।भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका आज मंगलबारदेखि सेवा प्रवाहमा टोकन प्रणाली लागु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग, नेपालगन्ज नगर प्रमुख डा धवल समशेर राणा टोकन प्रणाली लागु गर्न भूमिसुधार तथा मालपोत कार्यालय बाँके पुगेका थिए । उनीहरुले मालपोतको सेवा प्रवाहमा देखिएको बेथितिको अन्त्य गर्दै जाने बताएका थिए । टोकल प्रणाली पछि पहिले आउनेले पहिले सेवा पाउने नेपालगन्ज नगर प्रमुख डा राणाले बताए ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले प्रलोभनमा परी पछि आउनेको काम अगाडि गरिदिने बेतिथि टोकन प्रणालीले अन्त्य गर्ने बताए । ‘अब कर्मचारी कक्षमा पहिले जस्तो बिचौलिया छिर्न पाउने छैनन्’, उनले भने, ‘मालपोतमा रहेको बेतिथि लुकेको छैन, हामी क्रमशः सुधार गर्छौ ।’मालपोत पुगेका बेला प्रजिअ र नगर प्रमुखसँग सेवा प्रवाहमा भैरहेको लापरवाही प्रति सेवाग्राहीले गुनासो समेत गरेका थिए । मालपोतमा सेवाग्राहीको सहजताका लागि हेल्प डेस्क पछि सञ्चालनमा ल्याइएको छ ।

    मालपोत कार्यालयबाट प्रवाह हुने सेवा अपरादर्शी, सुस्त भएको भन्दै मंगलबार प्रदर्शन गरिएको छ । सेवाग्राही मो शेर बागवानले जग्गा फुकुवा सम्बन्धी कार्यका लागि हप्तौ झुलाएको तथा अनाधिकृत रकम माग गरिएको आरोप लगाउँदै मालपोत कार्यालय बाहिर उनी लगायतले प्रदर्शन गरेका थिए ।६ बर्ष अघि प्रशासनको पत्रका कारण भुलवश रोक्का भएको जग्गा रोक्का नभएको प्रशासनको लिखित जानकारी पछि पनि फुकुवा नभएको बागवानले जानकारी दिए । २०७१।०८।११ गते नै प्रशासनले कि नं३७७ को ज वि ०–१–५ आफ्नो जग्गा रोक्न नभएको पत्र मालपोतलाई पठाएपछि फुकुवा भएको जानकारी पाए ।

    ‘करिब २० दिन अघि बैंक ऋणका लागि जग्गा रोक्काका लागि आउँदा जग्गा पहिले नै रोक्का भएको जानकारी पाएँ’, प्रशासनबाट जग्गा रोक्का नरहेको पहिलेकै पत्र लिएर जाँदा कर्मचारीले अवैध रुपमा रकम माग गरेको दाबी गर्दै बागवानले भने ।मो. बागवानलाई बाँकेका प्रजिअ र नगर प्रमुखले प्रक्रियागत रुपमा काम गरिदिन कार्यालय प्रमुखलाई निर्देशन गरेका थिए । मालपोतका निमित्त प्रमुख अमर राज सेजुवालले मालपोतमा बागवानको जग्गा रोकिएको देखिएकाले पुरानो फाइल खोज्दा नभेटिएकाले समय लागेको बताए । ‘त्यसपछि पनि बागवानको जग्गा रोक्का भएको हुनसक्छ, हामी खोजेर काम गर्छौ’, उनले भने, ‘कसैको भनाईमा जग्गा फुकुवा गरिदिने हो भने भोलि अर्को समस्या आउन सक्छ 

प्रकाशित : ७ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६